
काठमाडौं – नेपाल नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी गणतान्त्रिक मञ्चले दुई वटा सम्पर्क मञ्च गठन गरेको छ । शनिबार मञ्चको केन्द्रीय कार्यालय देविनगरमा बसेको बैठकले दुई वटा कमिटी गठन गरेको हो ।
मञ्चले काभ्रे–काठमाडौ समाजवादी गणतान्त्रिक मञ्च र सिन्धुली–काठमाडौं गणतान्त्रीक मञ्च गठन गरेको हो । मञ्चका अध्यक्ष तथा शाधारण शाखाका इन्चार्ज कमानसिह सीको प्रमुख अतिथिमा बसेको बैठकले काभ्रे–काठमाडौं सम्पर्क मञ्चको संयोजकमा सुरेस सीलाई चयन गरेको छ । मञ्चको सदस्यहरुमा सुर्य सी, बुद्ध सी लगायत रहेका छन् ।
त्यस्तै, बैठकले सिन्धुली–काठमाडौं समाजवादी गणतान्त्रीक मञ्चको अध्यक्षमा छेवाङ सीलाई निर्वाचित गरेको छ । शनिबार सम्पन्न नवौ भेलाले छेवाङलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा छेवाङको अध्यक्षता, मञ्चका अध्यक्ष रत्न सीको प्रमुख आतिथ्यता रहेको थियो भने सुशील सीको आतिथ्यता रहेको थियो ।
भेलाले उपाध्यक्षमा सिताराम र चन्द्र केसर सी, सचिवमा विकास सी, कोषाध्यक्षमा मिलन सी र सदस्यहरुमा केमा प्रकाश सी, सोनाम सी, दिपक सी, समिता सीलाई निर्वाचित गरेको छ ।