२२ भाद्र २०८१, शनिबार

नेकपा कञ्चन गाउँ समितिले बुझायो जनसरोकारका १७ बुँदे मागपत्र

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेस गरेको छ । आइतबार नेकपाका केन्द्रीय विश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
कञ्चन गाउँपालिका भित्रको विकास निर्माण, त्यहाँको आवश्यकता लगायत विविध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेस गर्दै पार्टीका केन्द्रीय सदस्य एवं गाँपालिका इन्चार्ज विश्वास सीले कञ्चनको विकास र स्थानीय जनताका समस्या समाधानका लागि नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा पालिका गंभिर भएको भन्दै पालिका अध्यक्ष ढकालले स्थानीय सरोकारका मागहरु कार्यायोजना बनाएर आफ्नै कार्यकालमा कार्यान्वयनमा जाने बताए । कतिपय नितिगत निर्णयसंगै जनचेतनामुलक कार्यक्रम गरि क्रमश: कार्यान्वयनमा जाने भएपनि पालिका भवनक्षेत्रका स्थानीयसंग भएको पूर्व सहमतिको कार्यान्वयनका लागि भने तत्कालै सरोकारवालहरुसंगको परामर्शमा अगाडि बढ्ने बताएका थिए ।
भूमिहिन सुकुम्बासी लालपुर्जा वितरण र चर्को सरकारी कर, पालिकाभवन क्षेत्रका स्थानीयसंगको पूर्व सहमति कार्यान्वयन, नगरपालिकाको सेवा प्रवाह एवं सरकारी सेवा शुल्क, सर्वसुलभ शिक्षा र स्वास्थ्य, शुद्ध खानेपानीको व्यवस्था, किसानहरुलाई समयमै बीऊ-बिजन, मल र सिंचाई एवं वस्तुको बजारीकरण, तटबन्ध, नदी कटानका समस्या, उपभोक्ता समिति मार्फत हुने ठेक्कापट्टामा अनियमितता, सडक निर्माण र लागुऔषध दुर्व्यसनको अन्त्य लगायतका जनसरोकारका १७ बुँदे मागपत्र बुझाउँदै नेकपाले आवश्यक प्रकृया पुर्याइ अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो । मागहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ ।
नेकपा केन्द्रीय सदस्य एवं पालिका इन्चार्ज विश्वास सी र गाउँ सेक्रेटेरी सोमनाथ सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै पालिका अध्यक्ष नवराज ढकालले सबैको साझा सहकार्य र पहलकदमीमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।