६ जेष्ठ २०८१, आईतवार

जनयुद्धलाई अपराधिकरण गर्न खाेजियाे भने युवाले फेरी बन्दुक उठाउँछन् : असल सी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य असल सीले जनयुद्धलाई अपराधिकरण गर्न खाेजिए युवाले फेरी बन्दुक उठाउने बताएका छन् । २९औं जनयुद्ध दिवसकाे अवसरमा नेकपाद्वारा केन्द्रीय कार्यालयमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै असलले यस्ताे बताएका हुन् ।
उनले जनयुद्ध, नेकपा र नेतृत्व विप्लव विरूद्ध षड्यन्त्र गरे युवाहरू मानव बम बन्न तयार रहेकाे बताए । उनले मानव बम वनेर देशकाे विकास र समृद्धि हुन्छ भने आफूहरू त्यसका लागि तयारी अवस्थामा रहेकाे उनकाे भनाई थियाे ।
उनले विप्लवप्रति सबै राजनीतिक दलका कार्यकर्ता, बुद्दिजिबी, पत्रकार, कलाकार र सम्पूर्ण जनता आशावादी भएकाले एकीकृत जनक्रान्ति सफल हुने जिकिर गरे । विप्लवले जनयुद्धलाई जीवन्त राख्न एकीकृत जनक्रान्तकाे विजाराेपण गरेकाे उनकाे भनाई थियाे ।
नेकपा महासचिव विप्लवकाे अध्यक्षता सुरू भएकाे कार्यक्रममा नेकपा पाेलिट ब्युराे सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक टिमकाे कलाकारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।