७ जेष्ठ २०८१, सोमबार

२९औं जनयुद्ध दिवसकाे अवसरमा बुटवलमा रक्तदान, जनयुद्ध सामाजिक जागरणको महान अभियान हो

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले २९औं जनयुद्ध दिवसका अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज फागुन १ गते देशैभर विभिन्न रचनात्मक कामहरु गर्दै जनयुद्ध दिवस मनाउने पार्टी केन्द्रको निर्णय अनुसार बुटवलको रक्तसंचार केन्द्रमा संचालित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ ।
नेकपा पोलिट ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज वसन्त सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाका अग्रज नेता प्रकाश सिंह रानालाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान समेत गरिएको छ ।


सो अवसरमा मन्तव्य राख्दै नेकपा नेता वसन्त सीले जनयुद्धलाई स्वीकार नगर्नु भनेको नेपालको ऐतिहासिक यथार्थतालाई अस्वीकार गर्नु हो भन्दै नेपाली जनयुद्ध सामाजिक जागरणको महान अभियान भएको दाबी गरे । उनले केही संस्थागतिकरणमा देखिएका समस्याहरुलाई टेकेर जनयुद्धलाई अपराधिकरण गर्ने दुस्साहस नगर्न चेतावनी दिंदै इतिहाको समीक्षा गरेर नयाँ ढंगले राष्ट्रिय सहमति कायम गर्दै नेपाली विशेषताको समाजवादका लागि अगाडि बढ्न जरुरी रहेको औंल्याए ।


सो कार्यक्रममा केन्द्रीय सदस्यद्वय शरद सी र विश्वास सी, नियमित रक्तदाता संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, रक्त संचार केन्द्र बुटवलका प्राविधिक चन्द्र झेंडी लगायतले शुभकामाना मन्तव्य राखेका थिए । जिल्ला सेक्रेटेरी विरेन्द्र सीको अध्यक्षता दक्षिण जिल्ला सेक्रेटरी नवीन सीको स्वागत मन्तव्य र जिल्ला सदस्य शिशिर सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।