१० पुष २०८१, बुधबार

पार्टी पुनर्गठन दिवसकाे अवसरमा बुटवलमा रक्तदान

0

बुटवल/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न खुला रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएको हो ।
जनमुक्ति सेना गठन भएको दिनलाई पारेर २०७१ साल मंसिर ८ गते महासचिव विप्लवको नेत्तृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको थियो । सोहि दिवसकाे सन्दर्भमा नेकपाले देशैभर प्रदर्शन लगायत विविध रचनात्मक कार्यक्रम गरेको छ ।
नेकपा रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शरद सीले पार्टी पुनगर्ठन दिवसको सन्दर्भ जनमुक्ति सेना निर्माण एवं क्रान्तिकारी पार्टी, कार्यदिशा र नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक दिन भएको उल्लेख गरे । उनले भने,-‘क्रान्तिको बाँकी कार्यभार पूरा गर्न हामी सबैको साझा दायित्व भएकाले दृढ भएर जनताका मुद्दा  समाधान गर्न लाग्नु पर्ने र त्यसको नेतृत्व हाम्रो पार्टी र हाम्रो नेताले लिनु पर्ने जिम्मेवारी आएको छ । यो जिम्मेवारी हामी सचेततापूर्वक पूरा गर्नुपर्नेछ ।’
देशमा विकृति विसङ्गति भ्रष्टाचार अनिमितता बढ्दो छ यसको समाधान भनेको नेपाली विशेषताको समाजवादले मात्र गर्ने भन्दै नेता शरदले महासचिवको नेतृत्वमा देशलाई नयाँ बनाउने र जनताका समस्या समाधान गर्ने लक्ष्य लिएको बताए ।
नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता बुटवल नगर सेक्रेटेरी विज्ञान सीको संचालन गरेको कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य नविन सीले स्वागत मन्तव्य राखेका थिए ।

यस्तेै साँझ बुटवलको योगीकुटिमा शुभकामना आदानप्रदानसहित दीप प्रज्ज्वलन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।