१० पुष २०८१, बुधबार

संगठन बारेमा

0

                   सम्भव सी ‘युगिन’

 

हामीलाई एउटा क्रान्तिकारी संगठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौं ।
                                                    -लेनिन

कार्ल माक्र्स र ऐंग्रेल्सले विश्व सर्वहारा वर्ग र विश्व श्रमिक जनताको मुक्तिको लागि त्यसको संघर्षको बाटोलाई आलोकित गर्ने क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गरे, जसलाई माक्र्सवाद मानिएको छ । सन् १८४७ मा उनीहरुले कम्युनिस्ट लिग सर्वहारावर्गको पार्टीको पहिलो नमुना थियो । लेनिनले सर्वहारा पार्टी सम्वन्धी माक्र्स र ऐँग्रेल्सका विचारहरुलाई विकसित गरेर त्यस सम्बन्धी महत्वपूर्ण विचारहरुको निर्माण गरे । साथै उनले एउटा नयाँ किसिमको पार्टीको स्थापना गरे जुन बोल्सेभिक पार्टीको नाममा विश्व प्रसिद्ध रहेको छ । बोल्सेभिक पार्टीको नेतृत्वमा सन् १९१७ को महान अक्टोबर समाजवादी क्रान्ति सफलताका साथ सम्पन्न गरे । बोल्सेभिक पार्टीले रुसमा, विश्वमा पहिलो सर्वहारावर्गीय राज्यसत्ताको सिर्जना गर्यो विश्वमा पहिलो समाजवादी समाजको निर्माण पनि गर्यो ।
क्रान्तिको प्रमुख लक्ष्य समाजको अर्थप्रणालीलाई बदल्नु हो, बदल्न सक्नु पर्दछ माओले भन्नुभयो । आजको आवश्यकता भनेको मुख्य काम गर्ने युवा, दक्ष, योग्य पंक्तिको आवश्यकता हो तर आज काम भन्दा पनि कुरामा रमाउने योजना, विधिभन्दा निहित स्वार्थ आफ्नो अनुकूलको तर्क गर्ने शैलीले यो दिन कटाउने र आन्दोलनको गति नबढ्ने निश्चित जस्तै छ । त्यसकारण हामीले गलत तथा रोगलाई समयमै चिनेर सहि औषधीसहित उपचार गर्न संगठनमा आवश्यक रहेको छ । परिस्थितिले हाम्रोसामु धेरै गतिशिल भएर उत्कृष्ट कार्य सम्पादन गर्दै यो साम्राज्यवादीहरुले फैलाएको निराशाको भ्रमको जालहरु तोड्दै नेपालमा आम श्रमिक वर्गमा एउटा आशाको दियो बाल्न जरुरी छ । आज कतै न कतै रुपमा काम नगर्ने तत्वहरु त हावी भइरहेको छैन यो नेतृत्वले मूल्याङकन गर्न आवश्यक छ । राम्रो नतिजामूखी कार्यमा हामी बढी ध्यान पुर्याउन आवश्यक छ । एकीकृत जनक्रान्तिको आवश्यकता अनुरुपको कार्ययोजनामा, व्यवहारमा, सृर्जनात्मक कार्य गर्न सक्ने पंक्तिको केन्द्रीकरणको आवश्यक रहेको छ । आन्दोलनलाई सहि रुपमा अगाडि बढाउन गतिशिल नयाँ र पुरानो पुस्ताको सहि रुपमा तालमेल मिलाउन आवश्यक रहेको छ । आज मुलुक विश्व साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणले आक्रान्त बनिरहेको छ । नेपालको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकतामाथि नै गम्भीर प्रश्नहरु तथा चुनौति खडा भइरहेको छ । आज विभिन्न तत्वहरु, विचारबिहीन नयाँनयाँ मुकुण्डोधारी व्यक्ति र दल वर्षायामको च्याउ जस्तै देखा परिरहेका छन् । त्यसको सामना गर्न हामीले एकीकृत जनक्रान्तिमा लाखौँ युवा पंक्ति, श्रमिक, बुद्धिजीवि, सर्वहारा वर्ग, परिवर्तनशील जनता, देशभक्तलाई योजनाबद्ध रुपमा
गोलबद्ध गर्दै अगाडि बढ्न आवश्यक छ । त्यसको लागि आजको सन्दर्भमा सम्पूर्ण पंक्ति गतिशिल हुन आवश्यक रहेको छ ।
     माक्र्सका अनुसार जनतालाई संगठित गर्न उनीहरुलाई वर्गीय सचेतना जगाउनु आवश्यक छ । श्रमिक वर्गको संगठन सफल हुनको लागि सर्वहारा वर्गलाई उनीहरुको शोषणको यर्थाथबारे जागरुक बनाउने काम गर्नु पर्दछ । यसले वर्गीय एकताको विकास हुन्छ, जसले एकीकृत जनक्रान्ति र परिवर्तनको मार्गलाई सहज बनाउँछ ।
   “युवा पुस्ताको विकासका निम्ति चासो देखाऊ !” भन्ने माओको शिक्षा अनुसार हामीले पार्टी संगठनमा योजनाबद्ध रुपमा विकास गर्न जरुरी छ । युवाहरु लाल र निपूर्ण यी दुवै प्रकारका क्षमता भएका व्यक्ति बनाइ अग्रगामी फड्को मार्न सक्ने, एकीकृत जनक्रान्ति तथा नयाँ समाजवादी आन्दोलन निर्माणका आवश्यकता पूरा गर्नका निम्ति थप योगदान पुर्‍याउन र उनीहरुले लिएका प्रत्येक काम-कार्बाहीलाई अगाडि बढाउन सहयोग गर्ने युवाहरु पार्टी संगठनमा बढाउन आवश्यक छ । आजको २१ औं शताब्दीको विश्वको रफ्तार राजनैतिक, आर्थिक, सेना, सुचना तथा विज्ञान प्रविधिमा विकास भइरहेको छ त्यसलाई जित्न सक्ने पार्टी संगठन हामीले निर्माण गर्न सक्नु पर्दछ । आजको सन्दर्भमा  माक्र्सवाद-लेनिनवाद-माओवाद र एकीकृत जनक्रान्तिको कार्यदिशा नै सबैभन्दा सही, सबैभन्दा वैज्ञानिक र सबैभन्दा क्रान्तिकारी सत्य हो । बलियो पार्टी बनाउनको लागि सबै नेतृत्वको महत्वपूर्ण स्थान रहन्छ । किन पार्टी, संगठन आन्दोलनको आवश्यकता अनुरुप हुन सकेन ? सबैले यसमा अनुसन्धान गर्नै पर्दछ र हामीले आँट गर्नैपर्ने समय आएको छ अबको विकल्प नेकपा मात्र हो भनेर जवाफ दिनलाई । तर हामी हाम्रो पंक्तिले सकिन्छ यो विकल्प दिनलाई यसका लागि हामीले हाम्रो योजनामा, कार्यनीतिमा, बहस, छलफलमा तिब्रता संगठन, संघर्ष सबैबाट दिन साहास गर्नै पर्दछ । हाम्रा कार्यशैलीमा तिब्रता दिन आवश्यक छ, कार्य सम्पादन, काम गर्ने र नगर्ने बिचको भिन्नता, युवा, दक्षता र निपूर्णता, क्रियाशिल शक्ति पार्टीको मुख्य नेतृत्वको वरिपरि गोलबद्ध गरि एकीकृत जनक्रान्तिको बेगलाई तिब्रताका साथ नयाँ उचाइमा उठाउन हिम्मत हामी जुटाउन आवश्यक छ । पार्टीको हरेक जवस विभाग सबैभन्दा क्रियाशिल बनाउन आवश्यक छ । ध्रुवीकरण र एकता गर्दा पात्र र नेतृत्वको सन्दर्भमा पार्टीको मुख्य नेतृत्व कलात्मक र सृर्जनशिल हुँदै नयाँ प्रकारको आन्दोलनको नेतृत्व गर्न हामी तयार रहनु पर्दछ ।
पार्टी कसरी बलियो र सशक्त बनाउन सकिन्छ भनेर आम नेता, कार्यकर्ता, नेतृत्वको विशेष ध्यान जान आवश्यक छ । जनतासहित र चुस्त क्रियाशिल कार्यकर्ता निर्माणमा हामी सबैको क्षमताहरु केन्द्रीकरण गर्दै यो युगको आन्दोलनलाई गति प्रदानसहित विजयमा पुर्याउने पंक्ति तयारमा एक मिनेट पनि खेर नजाने गरि हामीले जागरणसहित आन्दोलनको कार्ययोजना अगाडि बढाउन आवश्यक छ । आज हाम्रो क्षमताहरु खेर गइरहेको छ, नेतृत्वले सबै प्रकारको क्षमतालाई पहिचानसहित आन्दोलनमा केन्द्रीकरण गर्न आवश्यक छ । हाम्रो आन्दोलनको मुख्य उद्देश्य यो संसदीय व्यवस्था परिवर्तन हो र जनताको व्यवस्था समाजवादी व्यवस्था ल्याउनु हो यो व्यवस्था बल प्रयोग विना असम्भव छ । त्यसकारण हामीले एकीकृत जनक्रान्तिमा धेरै भन्दा धेरै युवाहरु पनि पार्टी नेतृत्व तहमा योजनाबद्ध रुपमा नेतृत्वले पुर्याउन आवश्यक छ । जो अहिले संसदीय पार्टीले पनि अबलम्बन गरिरहेको देखिन्छ । क्रान्ति भनेको विज्ञानलाई पकड्ने माध्यम पनि हो जसले विज्ञान अथवा समयलाई पकडन सक्छ त्यो इतिहासमा विजय बन्छ, जसले समयलाई पकडन सक्दैन त्यसको मृत्यु अनिवार्य छ । हो आजको सन्दर्भ भनेको विज्ञान र समय भनेको युवा शक्ति हो । हामीले यो शक्तिलाई अगाडि बढ्न उत्प्रेरणा गर्नु आवश्यक छ । सबै युवाहरुलाई एकीकृत जनक्रान्तिमा लामबद्ध गर्न अपिल गर्नु पर्दछ । अनि मात्र बलियो संगठन प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ ।
“सर्वहारावर्ग त्यतिबेला मात्र अजेय बन्न सक्दछ र अवश्य बन्नेछ, जुनबेला माक्र्सवादी सिद्धान्तले उसमा प्रार्दुभाव गरेको वैचारिक एकतालाई एक त्यस्तो संगठनको भौतिक एकताले सुदृढ तुल्याउनेछ । जसले लाखौंलाख श्रमजीवीहरुलाई मजदुर वर्गको एक सेनामा आवद्ध गर्नेछ ।”

                  – क. भिआई. लेनिन उल्लेख गर्नु भए जस्तै अबको क्रान्ति सम्पन्न र सफल गर्ने नयाँ विधि भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा हो । यो कार्यदिशा बल प्रयोगको मालेमावादी सिद्धान्तमा आधारित कार्यदिशा हो र यसले आजका विकसित समाजका नयाँ विशेषतालाई सम्बोधन गरेको छ । यसमा मजदुर, किसान, मध्यमवर्ग राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने हो ।

संगठनमा सधैँ ख्याल गर्नु पर्ने पक्षहरु

संगठन शुद्धिकरणबारे- पार्टीलाई जिवन्त र गतिशिल, रचनात्मक, सिर्जनात्मक स्वच्छ रुपमा विकास गर्नका लागि हरेक समयमा हरेक कार्यकर्ता, नेतृत्व परिक्षण हुनु आवश्यक रहन्छ । संगठनमा शुद्धिकरण भनेको पार्टी संगठनभित्र रहेका फोहोरमैला सफा गर्ने विशेष प्रक्रिया पनि हो । संगठनभित्र फोहोरमैला सफा गर्ने काम दैनिक र निरन्तर रुपमा चलिरहेको हुन्छ र चलिरहनुपर्छ । पार्टी संगठनमा आउने अवरोधहरु निरुपण गर्नको लागि पनि पार्टीमा शुद्धिकरण अभियान सन्चालन गरिरहनु पर्दछ । संगठनमा शुद्धिकरण, गैरसर्वहारा चिन्तन, प्रवृत्ति र आचरणको विरुद्ध संर्घषको अभियान हो र यसलाई त्यसै रुपमा बुझेर प्रत्येक कमिटीमा बहस र छलफल गर्दै संगठित गर्नुपर्छ । संगठनमा आजको समय सन्दर्भ अनुसार सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् सदस्यहरु निर्माणको लागि, केन्द्रीकरण, विकास, नेतृत्व निर्माण आदि पक्षहरुका लागि पार्टी शुद्धिकरणको आवश्यकता रहन्छ ।

संगठनमा जनसम्बन्ध निर्माण – क्रान्तिका आधारभूत तर अति नै महत्वपूर्ण हतियार र आवश्यक तत्व भनेको जनसम्बन्ध हो जसले क्रान्तिको विजय या पराजयको निर्धारण गर्ने गर्दछ । जनसमुदाय नै इतिहासका निर्माता हुन् भन्ने सुप्रसिद्ध मालेमावादी सिद्धान्तलाई आत्मसात गर्दै पार्टीले नेपालको विशिष्ट स्थितिअनुसार समग्र जननीति र जनदिशाको विकास गर्दै आएको छ । कमरेड विप्लव सीद्वारा नेतृत्व गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा विजय र स्थापित बनेपछि नै पार्टीको क्रान्तिकारी जननीति, जनसम्बन्धले अग्रगति लिन थालेको छ । एकीकृत जनक्रान्तिमा जनता, जनपरिचालन, जनसंघर्ष महत्वपूर्ण छ । त्यसकारण हाम्रा संगठनहरु विस्तार गर्दा ख्याल र ध्यान पुर्याउनु पर्ने पक्ष भनेको जनतासहितको संगठन निर्माण हो । नयाँ चेतना, परिवर्तनको आवश्यकता र एकीकृत जनक्रान्तिको मर्मलाई सर्वाधिक सहज ढंगले आत्मसात गर्ने युवा विद्यार्थीहरुको भौतिक र मानसिक स्थितिलाई सचेत र योजनाबद्ध रुपले एकीकृत जनक्रान्तिमा अगाडि बढाउनु पर्छ । वैचारिक र भावनात्मक रुपले लाखौं जनसमुदायलाई एकीकृत जनक्रान्तिको महान प्रक्रियामा सहभागी गराउन हाम्रो उत्पादन नीति र जननीति, जनसम्बन्धको गतिविधिहरुको प्रत्यक्ष योगदान रहेको छ । हाम्रा संगठन निर्माण गर्दा लाखौं जनता परिचालन गर्न सक्ने पंक्तिहरुको केन्द्रीकरणको आवश्यक छ । जनताको हरेक समस्यासँग एकाकार भएर जनतासहितको जनसंगठन आजको आवश्यकता हो । पार्टीले एकीकृत जनक्रान्ति सफलताका लागि छिटोभन्दा, छिटो, राम्रोभन्दा राम्रो विधिद्वारा आम जनसमुदायलाई जागृत गर्न, संगठित गर्न र आन्दोलित गर्न नेकपाले जननीति, जनसम्बन्ध र उत्पादन नीतिको विकास गरिरहेको छ । १० वर्षका एकीकृत जनक्रान्तिको अनुभवले यो प्रक्रियालाई अर्को उचाईबाट अगाडि बढाउन प्रेरित गरिरहेको छ । जबसम्म पार्टी आफ्नो एकीकृत जनक्रान्तिको जननीति, जनसम्बन्ध र उत्पादनमा अगाडि बढि राख्नेछ, संसारको कुनै पनि दुश्मनले हामीलाई हराउन सक्ने छैन ।

संगठन एकीकृत र क्रान्तिकारी रुपान्तरण – आज हरेक वस्तु गतिमा छ प्रत्येक पार्टीमा संगठनमा गतिमा छ तर जुन पार्टीले समय सन्दर्भ अनुसार पार्टी संगठनहरुमा एकीकृत र रुपान्तरण गर्न सफल भएको छ त्यो पार्टी सफल भइरहेको पाइन्छ । एकीकृत जनक्रान्तिको मर्म र गति अनुसारको संगठनहरु निर्माण र निर्माण भएका संगठनहरुलाई एकीकृत जनक्रान्तिमा योजनबद्ध रुपमा जान सक्ने क्षमताहरुको केन्द्रीकरणको आवश्यक छ । आजको हाम्रो दायित्व भनेको समाजमा रहेका हरेक नागरिकलाई पार्टी संगठनमा संगठित गरि एकीकृत जनक्रान्तिको योजनामा अगाडि बढ्न सक्ने र क्रान्तिको आवश्यकता अनुरुप रुपान्तरण गर्न सक्ने सदस्य निर्माणको आवश्यक छ । आजको दलाल पूजीवादलाई अन्त्य गर्नको लागि हामीले संगठनमा धेरै मिहेनत गर्न आवश्यक छ । त्यसको निम्ति धेरै भन्दा धेरै युवा, विद्यार्थी, मजदुरहरुलाई एकीकृत जनक्रान्तिमा एकीकृतसहित क्रान्तिकारी रुपान्तरण गर्न आवश्यक रहेको छ ।

अन्तमा पार्टीलाई सहि र क्रान्तिकारी पार्टी संगठन निर्माण गर्ने सवालमा सम्पूर्ण कार्यकर्ता र तत ठाउँका नेतृत्वहरुले सोच्न जरुरी छ, सोच्नुपर्ने दायित्व पनि हो । हामीले जति छिटो आम रुपमा सम्पूर्ण जनतालाई एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध गर्न सक्छाैँ विजय त्यतिनै छिटो समयमा हाम्रो विजय हुनेछ । जबसम्म हाम्रो देश र जनता स्वतन्त्र हुँदैन, जबसम्म हामी हाम्रो आफ्नो दिमागले चल्ने र आफ्नो खुट्टामा उभिने हुँदैन तबसम्म हाम्रो गतिविधि जारी हुनेछ, जबसम्म वैज्ञानिक समाजवाद आउँदैन तबसम्म हाम्रो एकीकृत जनक्रान्ति जारी रहनेछ । हामीले हाम्रा जनतालाई सबै प्रकारका विजयहरुमा मार्गनिर्देशन गर्ने सङ्गठनको रुपमा चमत्कारिक भूमिका निभाउन सक्ने बनाउन आवश्यक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।