१५ बैशाख २०८१, शनिबार

विद्यमान संकट र एकीकृत जनक्रान्तिको तयारी

0

क्रान्तिकारी संगठनमा संक्रमण गर्नु पर्दछ, यो बदलिएको ऐतिहासिक परिस्थितिको सर्वहारा क्रान्तिकारी कारबाहीको युगको माग हो । परन्तु यो संक्रमण पुराना नेताहरु (क्रान्तिकारी उर्जाशीलताको गला रेट्नेहरु) प्रति पूरै आँखा चिम्लेर, पुरानो पार्टीप्रति पूरै आँखा चिम्लेर त्यसलाई नष्ट गरेर नै गर्न सकिन्छ ।”–लेनिन संकलित रचना खण्ड ५ पेज १३३ हिन्दी संस्करण

दलाल पुँजीवादको विषालु प्रभाव दिनप्रतिदिन शिक्षा, स्वास्थ्य, विकास, निर्माण गैरसरकारी संस्था र तिनको परिचालन आदीमा समेत खुलेआम बढ्दै गएको छ । स्थिति कतिसम्म डरलाग्दो छ भने नेपालको राज्यभन्दा विदेशी राजदुतावास र गैरसरकारी संस्थानहरु शक्तिशाली र निर्णायक हुँदै गएका छन् ।” – ७०, पेज, दलाल पुँजीवादको प्रभृत्व, विप्लव, एकीकृत जनक्रान्ति ।

वर्तमान नेपालको राजनीतिक आन्दोलनमा एउटा उदेकलाग्दो प्रकृतिको कुटनीतिक सम्बन्धको बहानामा नाङ्गो हस्तक्षेपकारी प्रकृति पनि डरलाग्दो ढंगले राष्ट्रको शिरमाथी मडारिदैछ । आज अमेरिका र भारतीय शासक वर्गले विभिन्न वाहाना, कुटनीतिक, राजनीतिक, सन्धी, सम्झौता, सहयोग र अनुदानको नाममा नेपाली जनतालाई साम्राज्यवादी नवउपनिवेशको स्वार्थ लाद्न खोजिरहेको प्रष्ट चित्रहरु देखिदैछन् । जेष्ठ १ गते सरकारकै संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्रीले “यहाँ अरुले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरुले नै चलाउँदो रहेछ मन्त्री त । हामी त सोकेसको मान्छे मात्रै रहेछौँ । स्वार्थ समुहको प्रभाव” जस्ता कुरा बिबिसीको अन्तरवार्तामा बताएका थिए । यो कुराले के प्रष्ट हुन्छ की राज्य धेरै संकट र वैदेशिक हस्तक्षेपको चरम अवस्थामा  भन्ने कुरा प्रष्ट छ । स्वाभाविक रुपमा आन्दोलनको स्वरुपहरु आफै बनिबनाउ तरिकाले परिवेश तयार हुँदैन तर आज नेपाल एउटा उथलपुथल अवस्था हुने स्थानमा छ । संसदीय व्यवस्थाको उपज नेपाली जनता दु:खमा छ, पिडामा छ, छटपटिमा छ, जनता त्यसको निकास खोजिरहेको अवस्था छ । नेपाली जनता दलाल संसदीय व्यवस्थाको विभिन्न विकल्प खोजिरहेको परिवेशमा आज हाम्रो दायित्व भनेको यो संकटको निकास दिनु हो । त्यो निकास एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद भन्दा अरु विकल्प हुन सकिदैन ।

आज देशमा व्यापक रुपमा भ्रष्टाचारले गाँजिरहेको अवस्था छ । संसदीय व्यवस्था र भ्रष्टाचारले देश खोक्रो बनाइसकेको अवस्था छ । संसदीय पार्टीको उच्च स्तरको नेतादेखि कार्यकर्तासम्म भ्रष्टाचारको रोगले छोडेको छैन । यो भ्रष्टाचारको कुनै पार्टी, दल वा जात हुँदैन । आजको मुख्य समस्या भनेकै नेपालको दलाल संसदीय व्यवस्था र भ्रष्टाचार हो । दलाल संसदीय पुजीवादी व्यवस्था र भ्रष्टाचारले देश र जनता आक्रान्त, थिलथिलो बनेको अवस्थामा जनतालाई गोलबद्ध गर्दै एकीकृत जनक्रान्तिलाई अगाडि बढाउन र जनक्रान्तिको गतिको मात्रालाई दुई गुणा बनाउन जरुरी बनेको छ । जनताको व्यवस्था ल्याउन, जनतालाई छिटो निकास दिन, तयारी छिटो र पहल गर्न निम्न कुरा आवश्यक छ ।

राजनैतिक तथा वैचारिक तयारी
जनतालाई व्यापक सहभागितासहित एकीकृत जनक्रान्तिलाई विजयमा पुर्याउनको लागि पार्टीले कार्यदिशा, कार्यनीति र रणनैतिक विषयहरुलाई व्यापक रुपमा  जनतामा प्रशिक्षित गर्न आवश्यक छ । यो आवश्यकतालाई अगाडि बढाउन आजको दुनियालाई अथवा आजको प्रविधिलाई व्यापक रुपमा पकड्न जरुरी छ । यो प्रविधिलाई पार्टी पंतिले एकरुपतामा व्यापक रुपमा लागु गर्दै जनताको तहमा आजको श्रमिक वर्ग, किसान, मजदुर, मध्यम वर्गलाई सिधेैँ पहुँचमा पार्टी, नीति तथा कार्यक्रमहरु पुर्याउन आवश्यक छ । एकीकृत जनक्रान्तिको झन्डामा लाखौँलाख जनतालाई आशामा बदल्न जरुरी छ ।

 संगठन सम्बन्धी तयारी
क्रान्तिमा जुझारु भौतिक शक्तिको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । आजको प्रमुख अभिभारा भनेकै जुझारु संगठन निर्माणको आवश्यकता हो । पार्टीको योजनामा निशर्त रुपमा हाम फाल्न सक्ने हजारौँ, लाखौँ युवा शक्ति संगठित गरेर एकृकित जनक्रान्तिलाई विजयको शिखरमा पुर्याउनु पर्छ । त्यस्तो संगठन निर्माणको निम्ति आजको पार्टीको सम्पूर्ण शक्तिले दिनरात मिहनतलाई गुणात्मक रुपमा बढाउन जरुरी छ । प्रत्येक सेकेण्ड सेकेण्डको योजना निर्माण गरि व्यापक रुपमा जनतालाई पार्टीको सदस्यमा गोलबद्ध गर्न आवश्यक छ । बलियो जुझारु, सशक्त संगठन बनाउन आजको आवश्यकतालाई पूर्ती गर्न सक्ने संगठन निर्माणमा विशेष ध्यानसहित तयार गर्न आवश्यक छ ।

आर्थिक तयारी
एकीकृत अर्थप्रणाली सही रुपमा अगाडि बढाउन, नीति तथा कार्यक्रमहरुलाई सही रुपमा गतिमा पकड्न पार्टीको आर्थिक तयारी मजबुत हुनुपर्दछ  । तयारीको लागि आर्थिक उत्पादनको कार्यहरु व्यापक रुपमा नगदमा हुने व्यापार र उत्पादनमा पहिलो जोड दिन नितान्त आवश्यक छ । त्यसपछि आत्मनिर्भरको लागि कृषि उत्पादनमा आवश्यक छ  । देशभक्त शक्ति, राष्ट्रिय पुँजीपती, प्रगतीशिल व्यक्तिहरुबाट सहयोग र सहकार्य तीब्र रुपमा गर्न आवश्यक छ ।

 जनमत संग्रहको लागि जनसंघर्षको तयारी
जनता दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट आक्रान्त छ । अहिले देश, राष्ट्र, समाज र नेपाली जनतामा जति पनि समस्या संकट ल्याएको छ यो अहिले चलिरहेको व्यवस्थाको कारण हो । त्यसकारण यो व्यवस्था असफल भयो । अब नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिनु पर्दछ । शान्तिपूर्ण माध्यमबाट नेपाली जनताले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा जनमत संग्रहमार्फत व्यवस्था चुन्ने अधिकार दिनु पर्दछ । यो एजेण्डालाई पार्टी एउटा जनसंघर्षको रुपमा उठान गर्न व्यापक रुपमा तयारीमा जोड गर्न आवश्यक छ ।

उच्च मनोबलको तयारी
क्रान्तिप्रति, वर्गसङघर्षप्रति प्रतिबद्ध कार्यकर्ताहरुका बिचमा एउटा छुट्टै उच्च मनोवल र उत्साह पैदा गरी एकीकृत जनक्रान्तिमा अगाडि बढ्न आवश्यक छ । अहिलेको व्यवस्थालाई परिर्वतन गर्न आम पार्टी पंति उच्च मनोबलसहित जनतामा जान आवश्यक छ । आम जनतामा दलालहरुले छरेको निराशाको भ्रमलाई आशामा बदल्न, भुमण्डलीकृत पुँजीवादको हस्तक्षेपबाट मुक्त गर्न पार्टीले नेपाली जनतामा विशेष रुपमा मनोवल उठान गर्न जोड दिन आवश्यक छ । एकीकृत जनक्रान्तिमा सबै तयारीहरु, सबै मोर्चाहरुमा पार्टी पंतिm उच्च मनोबलसहित अगाडि बढ्न आवश्यक छ ।

 संयुक्त मोर्चाको तयारी
आजको विश्व भुमण्डलीकृत पुँजीवादको साम्राज्यवादी हस्तक्षेप, दमनको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट, प्रगतीशिल, देशभक्त सबै एक ठाउँमा गोलबद्ध हुन जरुरी छ र संयुक्त मोर्चाबाट नै आजको संकटको हल गर्न सकिन्छ । आजको श्रमिक जनताको प्रधान दुश्मनलाई परास्त गर्न संकिन्छ । देश र जनताले भोगिरहेको समस्या र संकटको अग्रगामी निकास र बाह्रय हस्तक्षेपको सामना गर्नको लागी सबै कम्युनिस्ट, देशभक्त र समाजवादीहरु एकताबद्ध हुनुपर्ने आजको वस्तुगत आवश्यकता छ ।

 तयारी किन आवश्यक छ ?

“हामी सबैले पुँजीवादको अमानवीय उत्पीडन र हैकमबाट दुनियालाई मुक्त गर्न मौलिक क्षमताहरुको सदुपयोग गर्नुपर्छ ।” – १७ पेज, विलप्व, जनक्रान्ति अङक १,

आज नेपाली समाजमा तिब्र गतिको भ्रष्टााचार र दलाल संसदीय पुँजीवादी व्यवस्थाले व्यापक रुपमा निराशाजनक अवस्था सिर्जना गरेको छ । जनता समस्याग्रस्त रुपमा बाचिरहेको छ । आज नेपालमा बेरोजगारी एउटा चुनौतिको रुपमा खडा भएको छ । युवा पलायन मुख्य समस्या छ । वैदेशिक हस्तक्षेप व्यापक रुपमा भइरहेको अवस्थामा जनता परिवर्तन चाहेको अवस्था छ । दलाल पुजीवादको उत्पीडनबाट नेपाली समाज, जनता मुक्त हुन चाहिरहेको अवस्थामा हामी क्रान्तिकारी शक्तिहरुले देशलाई बदल्ने समय आएको छ । क्रान्तिकारी पार्टीहरु आफ्नो कार्यक्रमहरुमा सफल बनाउनु पर्ने अवस्था आएको छ  । जनता आफै विद्रोहमा आउन खोजिरहेको अवस्थामा पार्टीले नेतृत्व गर्न आवश्यक छ । यो समयलाई क्रान्तिकारी शक्तिले चिन्न आवश्यक छ । यो परिस्थीतिमा पार्टी पंक्ति अत्यन्तै गतिशिल र लडाकु हुन आवश्यक छ ।

हाम्रो शक्तिहरुले कार्ययोजनाहरुलाई व्यापक रुपमा लागु गर्दै शक्तिशाली आन्दोलनको बनाउन आवश्यक छ । आजको आवश्यकता भनेको सचेत रुपमा एकीकृत जनक्रान्ति सम्पन्न गर्न आवश्यक शक्ति निर्माण र परिचालन गर्नु नै हो । आज जुन रुपमा दलालहरुले खडा गरेको शक्ति आउन खोज्दैछ क्रान्तिकारीहरुले तुरुन्तै रोक्न आवश्यक छ नत्र देश ठूलो संकटतिर धकेलिने सम्भावना छ । यो संकटलाई रोक्न दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति पनि एकीकृत जनक्रान्तिको मात्रालाई व्यापक रुपमा तयारीको स्तर उठाउन जरुरी छ ।

अक्टोबर क्रान्तिमा बोल्सेविक पार्टीले आफ्ना सदस्यहरुबाट असामान्य समपर्ण र बलिदान, जुन फलामे अनुशासन र व्यवस्था भन्दा बढि थियो र सबै मुल्यहरुमा पार्टीको निर्णयहरुलाई कार्यान्वयनलाई पूर्ण रुपले ध्यान केन्द्रीकरण गरेका थिए । क. माओ भन्नहुन्छु –“….एकले अर्कोलाई खान्छ, एकले अर्कोलाई पर्छाछ, एउटा वर्ग ध्वस्त हुने र अर्को वर्ग जन्मने गदर्छ, एउटा समाज ध्वस्त हुने र अर्को समाज जन्मने गर्दछ ।” –Talk to the people, page 225,
एकीकृत जनक्रान्तिमा पनि बोल्सेबिक स्प्रीडलाई पकड्नु पर्ने आजको परिवेशको माग छ । त्यसलाई हामीले बुझेर कार्यन्वयन गर्न आवश्यक छ । दलाल संसदीय पुँजीवादी व्यवस्थालाई ध्वस्त गरेर अबको एक मात्र विकल्प वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्नु रहेको छ । त्यसका लागि दलाल संसदीय व्यवस्थालाई विस्थापन गर्न विशाल एकतामा आधारित क्षमतावान पार्टी पंक्ति र युवाहरुको नेतृत्व पनि आवश्यक छ ।
निम्न कारणले गर्दा तयारी आवश्यक छ :
 १ .आजको परिवेशलाई सहि ढंगले बुझेर एकीकृत जनक्रान्ति अगाडि बढ्न तयारी आवश्यक छ  ।
 २.पार्टी पंक्तिको आन्तरिक शक्ति बलियो बनाउदै एकीकृत जनक्रान्तिलाई बुलेट ट्रेनको गतिमा योजनाको कार्यन्वयनमा केन्द्रित गर्न पनि तयारी आवश्यक छ  ।
३. बृहत्त समाजवादी देशभक्त मोर्चामार्फत आजको भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादलाई परास्त गरी वैज्ञानिक समाजवाद स्थापना गर्न पनि तयारी आवश्यक छ ।
४.सम्पूर्ण सच्चा कम्युनिस्टहरुलाई एकताबद्ध गरेर क्रान्तिकारी कम्युनिस्ट मोर्चाबाट दलाल पुँजीवादी व्यवस्थालाई अन्त्य गर्न तयारीको आवश्यक छ ।
५. उत्पीडित तथा क्रान्तिकारीहरुको तत्कालिन र दिर्घकालिन दुबै तरिकामा जनताको  विशाल शक्ति निर्माण गर्न तयारीको आवश्यक छ ।

दलाल संसदीय व्यवस्थालाई जरैबाट उखेलेर फ्याक्न र त्यसको स्थानमा जनताको वैज्ञानिक समाजवाद स्थापना गर्न राष्ट्र र जनताका निम्ति वैज्ञानिक समाधान दिनको लागि आज एकीकृत जनक्रान्तिलाई तीब्रतामा तयारी आवश्यक छ । पुरानो विकृत आर्थिक, सामाजिक एवंम सांस्कृतिक र राजनैतिक पद्धतिलाई रुपान्तरण गरेर मानव जातिको अग्रगामी र वैज्ञानिक सभ्यता निर्माण गर्नु युगीन अभिभारा हो । हाम्रो सपना भनेको जनताको सत्ता निर्माण गरी कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताको सुख समृद्धिसहित सुन्दर भविष्य निर्माण गर्नु हो । त्यसलाई साकार बनाउन एकीकृत जनक्रान्तिलाई विजयमा पुर्याउन सफलतापुर्वक नेतृत्वको जिम्मेवारी आदरणीय महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले अघि बढाइरहेको छ  । पूर्ण विश्वासका साथ स्पष्ट गर्दछौँ कि एकीकृत जनक्रान्तिले आमुल परिर्वतनको प्रस्ट मार्गचित्र प्रदान गरेको छ दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्दछ ।  यसले कम्युनिस्टहरुको राजनैतिक भविष्य नै नयाँ ठाउँमा पुर्याउने छ  । पार्टीले जनताको विद्रोह र संघर्षशील भावनालाई एकीकृत जनक्रान्तिमा जगाउने  र नेतृत्व गर्नेछ  । यो ८० को दशक एकीकृत जनक्रान्तिप्रतिको कार्यभारलाई जनताको साथ सहयोगमा पूरा गर्नेछ । एकीकृत जनक्रान्तिको विजय निश्चित छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।