१६ चैत्र २०८०, शुक्रबार

नेकपाको पोलिटब्युरो बैठक आजबाट शुरु

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठक शुरु भएको छ।महासचिव विप्लवको अध्यक्षतामा नेकपाको केन्द्रिय कार्यालय कपिलवस्तुमा पोलिटब्युरो बैठक शुरुआत भएको हो।

बुधबारबाट शुरु भएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत १० पृष्ठ लामो लिखित दस्तावेज र त्यस अन्तर्गत १० ओटा एजेन्डामा छलफल हुने र देशको संकट, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणबारे नेकपाले बिशेष निर्णय गर्ने अपेक्षा समेत गरिएको छ।

३२ सदस्यीय पोलिटब्युरो बैठकले भोलिबाट शुरु हुने केन्द्रिय समितिको पुर्ण बैठकको लागि आबश्यक गृहकार्य गर्ने र केहि समय अघि नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भईसकेकोले यो बैठकलाई एकताको बैठकको रूपमा लिने समेत बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।