१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

0

नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

 

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गरी भोटो देखाउने जात्राका अवसरमा बिहीवार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो।

 

गृह मन्त्रालयको सुचनामा भनिएको छ  

“वि.सं. २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।