६ आश्विन २०८१, आईतवार

पहुचको आधारमा नभई, आवश्यकताको आधारमा योजना छनौट गरिनुपर्छः कलम सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कलम सीले विकास निमार्णका कामहरु पहुचको आधारमा नभई आवश्यकताको आधारमा छनौट गर्न आग्रह गरेका छन ।

दैलेखको दुल्लु नगरपालिकाका कर्मचारीसंग आईतवार गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य कलमले यस्तो कुरा बताएका हुन ।
उनले पहुच भएकाले सधै विकास निमार्णका योजनाहरु पाईरहने र नभएका सर्वसाधारणहरुले कहिल्यै नपाउने अवस्था आएको भन्दै त्यसो नगर्न कर्मचारीलाई आग्रह गरे ।

उनले मुलुकमा अहिले राजनीतिक संकट गहिरीदै गएको बताउदै यो सबै दलाल पुँजीवादी व्यवस्थाका कारण भएको बताए । उनले व्यवस्था बदल्नका लागि शिक्षक,कर्मचारी,जनप्रतिनिधिहरु व्यापारी ,व्यवसायी, युवा, विद्ययार्थी र श्रमिक जनता सबैको भूमिका हुनुपर्ने बताए ।

जिल्ला इन्चार्ज समेत रहेका कलमले संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजबाद मात्र भएको जिकिर गरे
अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सल्लाहकार वीरेन्द वहादुर सिहंको पनि उपस्थिति रहेको थियो ।

अखिल (क्रान्तिकारी )केन्द्रीय समिति सदस्य उदय सी ,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य जनक सीको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।