२६ पुष २०८१, शुक्रबार

भरतपुर इलाका समितिले संगठन सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने

0

 

चितवन – नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला अन्तरगत भरतपुर इलाका समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । 

भरतपुर महानगर पालिका वडा नं.१८ शसिनगरमा बसेको बैठकले  राजनीतिक वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, संघर्षको क्षेत्रमा र नमूना कार्यहरुको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरेको छ । पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।

इलाका समितिका सेक्रेटरी हिमाल सीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि  नेकपा पश्चिम जिल्ला इन्चार्ज दिनेश सी, अतिथिमा नेकपा पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सी र उक्त इलाका इन्चार्ज तिलकुमार सी रहेका थिए ।

बैठकलाई प्रशिक्षित गर्दै दिनेश सीले कम्युनिस्ट कार्यकर्ता इमानदार, सरल तथा चौतर्फी क्षमता भएको हुनुपर्ने बताए ।

त्यस्तै सेक्रेटरी अटल सीले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समाजवादीहरुको पक्षमा जनमत बढिरहेको बेलामा युवा विद्यार्थीहरु यो जनमतलाई सङ्गठनमा बदल्न एकीकृत जनक्रान्तिको विचारलाई जोडसँग समातेर लाग्नुपर्ने बताए । उनले कम्युनिस्टहरु श्रम ,संघर्ष र अनुसन्धानमा अनिवार्य जोडिनुपर्ने भन्दै यतिबेला नेपालमा  क्रान्तिको वस्तुगत अवस्था तयार हुँदापनि आत्मगत अवस्था तयार नभएकोले सम्पुर्ण नेता कार्यकर्ता विचारमा असल विद्यार्थी, राजनीतिमा कुशल नेता र व्यवहारमा सक्षम सिपाही बन्दै  एकीकृत जनक्रान्तिको  एकीकृत मानवको रुपमा अगाडि बढ्नुपर्ने बताए ।

बैठकले  वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडीका सबै वडाहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया गर्ने नमुना कार्य अन्तरगत विद्यार्थी तथा वाम आन्दोलनमा सहिद मित्रमणी आचार्यले खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्दै शालिकसहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने जिल्ला समितिको निर्णयको कार्यन्वयनको लागि  सरोकारवाला निकायसङ्ग भेटघाट र छलफल बढाउने निर्णय गरिएको छ भने संघर्ष अन्तरगत लघुवित्त र मिटर व्याजको ज्यादती र लागू औषध बेचबिखन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको इलाका समितिले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।