६ आश्विन २०८१, आईतवार

लामो समयपछि रिहा भएका नेकपा नेता रोहितलाई कैलालीमा स्वागत

0

कैलाली: नेपाल कम्युनिस्ट पार्टीले लामो समय जेल जीवन बिताई रिहा भएका बन्दीको स्वागत गरेको छ । नेकपा कैलाली जिल्ला पार्टीले झुटा मुद्दामा पक्राउ परी जेल जीवन बिताएर रिहा भएका रोहित सीको स्वागत तथा सम्मान गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सी, पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधि सदस्य लगायत अन्य नेताहरुले उनलाई खाँदा-अबिर लगाई स्वागत तथा बधाई प्रकट गरेको नेकपा प्रतिनिधि सदस्य प्रकाश सीले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको समय कैलाली जिल्लाबाट २०७६ /४/२ मा पक्राउ परेका रोहितलाई कैलाली जिल्ला कारागारमा राखिएको थियो । कैलाली जिल्ला अदालतले उनलाई सफाई दिएपछि उनी २०८० माघ ३ गते रिहा भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।