६ आश्विन २०८१, आईतवार

जनआधारित पार्टी निर्माण नै समाजवादको पहिलो आधारः सञ्जीव सी

0

दाङ  । नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले जनआधारित पार्टी निर्माण नै समाजवादको पहिलो आधार भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम लुम्बिनी व्यूरो अन्तरगतका जिल्ला सेक्रेटरी, जनवर्गिय संगठन र विभिन्न मोर्चाका व्यूरो संयोजकहरुको विशेष वैठकलाई आईतवार सम्बोधन गर्दै व्यूरो इन्चार्ज सञ्जीव सीले यस्तो कुरा बताएका हुन् ।

उनले जनआधारित पार्टी निर्माणको लागि जनतामै जाने र संगठन निर्माण नै मुख्य रहेकोले बलियो पार्टी निर्माण गर्न जनतामा जान सात जिल्लाका सेक्रेटरी, जनवर्गिय संगठन र विभिन्न मोर्चाका व्यूरो संयोजकहरुलाई निर्देशन दिए ।

नेपाली जनता परनिर्भरताबाट ग्रसितभई चौतर्फी निरासा र कुण्ठाको गोलचक्करमा फसेको बताउदै उनले परनिर्भरता, निरासा र हिनतावोधका पर्खालहरु भत्काउँदै “क्रान्तिलाई पकड र उत्पादनलाई बढाउ” को नीति अपनाउदै आत्मनिर्भरतामा जोडिन पनि आग्रह गरे ।

उनले एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गर्दै अमेरिकी साम्राज्यवादको सैन्य अखडा निर्माण गर्दै नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउन नेपालका दलालहरु न्वारानदेखीको बल लगाई लागि परेकोले फेरि एक पटक आत्मसमर्पणवादी दलालहरुका विरुद्ध सिंगो पार्टी दुइधारे तरवार बन्नु पर्ने बताए ।

वैठकले“पार्टी संगठनलाई सृदृढ र विस्तार गरौं,राज्य षडयन्त्रको भण्डाफोर गरौं ” भन्ने मुलनाराका साथ सन्चालित ८० दिने अभियानलाई बस्ति स्तर सम्मै व्यापक बनाउने, राष्ट्रघाती एमसीसी सम्झौता, लघुवित्तको ज्यादती,मिटर ब्याजेहरुको अवैध धन्दा, वैंकको चर्को ब्याजदरका विरुद्ध निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ ।

पश्चिम लुम्विनी व्यूरोमा ७ जिल्लाहरु रहेका छन् । नेकपाका केन्द्रिय प्रतिनिधि समितिका सदस्य तथा सात जिल्लाका सेक्रेटरी, जनवर्गिय संगठन र विभिन्न मोर्चाका व्यूरो संयोजकहरुको उपस्थिति रहेको थियो । वैठकको सन्चालन नेकपाका केन्द्रिय सदस्य तथा पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।