६ आश्विन २०८१, आईतवार

नेकपा पाल्पाद्वारा ‘राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

0

नेपाल कम्युनुष्ट पार्टी, पाल्पाको आयोजनामा “राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान विषयक अन्तरकृया कार्यक्रम” पाल्पाको सदरमुकाम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य सन्तोष सीले ४ पृष्ठकाे अवधारणापत्र प्रस्तुत गरेका थिए । 

वर्तमान नेपालको अवस्था, राष्ट्रिय स्वाधिनता, गणतन्त्र, लोकतन्त्र, राज्यप्रशासन, महँगी, कालाबजारी, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक दलहरुको सत्तालिप्सा, दलाल पुजिवादी राज्यसत्ता, साम्राज्यवादी र प्रतिगमनकारीहरुको आक्रमण साथै सम्पूर्ण नेपाली जनताहरुको आधारभुत आवश्यक्ताको संश्लेषण, नेपालको भौतिक विकासको प्रगतिहरु लगायतका परिवेशहरु समावेश गरि नेकपाको सैद्धान्तिक मान्यता, वर्तमान परिस्थिति र राजनैतिक संकट, षडयन्त्रको रहस्य, राज्यलाई नेकपाको सुझाव, समाधानको बाटो र निष्कर्षको विषय उल्लेख गरिएको उक्त अवधारणा पत्रमा सहभागीहरुले उठाएका टिप्पणीमाथि कार्यक्रमका प्रमुख वक्ता सन्तोष सीले प्रकाश पारेका थिए ।

उक्त अन्तर्कृया कार्यक्रममा अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धिरेन्द्रराज घिमिरे, नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य जित बहादुर मश्राङ्गि नेकपा एकीकृत समाजवादी पाल्पाका सचिव जगन्नाथ नेपाल राष्ट्रिय प्रजतन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका उपसभापति सुमन गैह्रे, जनता समाजवादी पार्टी पाल्पाका अध्यक्ष खिक बहादुर रेश्मी, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, बुद्धिजिवी निर्मल श्रेष्ठ लगायतले उक्त अवधारणा पत्रमाथि टिप्पणीसहित समर्थन जनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासघ पाल्पाका सचिव यज्ञमुर्ती तिमल्सिना, पत्रकार देव पचभैया, पत्रकार मिलन विश्वकर्मा लगायत अन्य पत्रकारहरुको पनि उपस्थिति रहेकोथियो ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सचिव नेपाल सीको अध्यक्षता, पुर्वाधार सीको स्वागत र आकाश सीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।