६ जेष्ठ २०८१, आईतवार

राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद होः आधार सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पिविएम आधार सीले अहिलेको संकटपूर्ण राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद भएको बताएका छन ।

नेकपा उत्तर बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको ‘बर्तमान राजनीतिक संकटको निकास नेपाली बिशेषताको समाजवाद’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता आधारले संकटको निकास नेपाली विशेषताको समाजवाद भएको बताएका हुन ।
उनले नेपालमाथि दिनानु दिन बढ्दै गएको साम्राज्यवादी हस्तक्षेपबाट देशलाई मुक्त गर्न नेपाली बिशेषताको समाजवाद एकमात्र विकल्प भएको दाबी गरे ।

नेता आधारले अहिलेको संकट दलाल पुँजीवादीका कारण आएको बताउदै दलाल पुँजीवादको अन्त्य विना साम्राज्यवादी हस्तक्षेप बन्द नहुने बताए । उनले देशलाई अग्रगमनतिर लिन देशका वामथन्थी कम्युनिष्ट,लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त शक्तिहरु एकतावद्ध भएर नेपाली विशेषताको समाजवाद प्राप्त गर्ने बाटोमा लाग्नुपर्ने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले नेपाली विशेषताको समाजवाद नै देशको संकटको निकास भएको बताए । उनले नेकपाको पहलमा मात्र समाजवादी मोर्चा बनेको जिकिर गर्दै समाजवाद सबै कम्युनिष्टहरुले मुख्य लक्ष्य बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बाँके जिल्ला ईन्चार्ज अशोक कोईराला , नेकपा (माओवादी केन्द्र)का नगर ईन्चार्ज अबराज खड्का,एमाले नेता लक्ष्मण बम, ज्ञानज्योती क्याम्पसका प्रमुख मणीप्रसाद गैरेले आ–आफ्नो धारणा राख्दै समाजवाद नै मुख्य भएको बताएका थिए ।

उनीहरुले नेकपाको पहलमा नेपाली विशेषताको समाजवाद बारेमा वहस संचालन गरिनु सकरात्मक भएको टिप्पणी गर्दै यसलाई गाउँ –गाउँ सम्म लिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले कार्यक्रमको आयोजना गरेकोमा नेकपालाई धन्यवाद समेत दिए ।

नेकपा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीको अध्यक्षता, जिल्ला सेक्रेटरी कल्पना सीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन सेखर सीले गरेका थिए । कार्यक्रममा विभिन्न गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।