२५ बैशाख २०८१, मंगलवार

सी संस्कृति अनुसार विकेश सीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

0

काठमाडौं । नेकपाका ललितपुर जिल्ला सदस्य तथा हालै निधन भएका विकेश सी (विकेश महर्जन) को सी संस्कृति अनुसार एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्मरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ललितपुर र नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिको आयोजनामा सोमवार विकेशको घर कायगुननीमा श्रद्धाञ्जली कार्याक्रमको आयोजना गरी स्मरण गरिएको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पिविएम माईला सी,उपत्यका व्युरो इन्चार्ज कृति सी, नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, विपिन,विजय,ज्ञानु सी, कुशल,सुरेन्द्र सी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेकोे थियो ।

श्रद्धाञ्जली कार्यक्रममा विकेशका वुवा नाती महर्जन,आमा वालकुमारी महर्जन,दाजु विजय महर्जन,भाउजु लक्ष्मी महर्जन,दिदि सरस्वती महर्जन लगायतका घरपरिवार तथा आफन्तजनहरुको पनि सहभागिता रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका पिविएम माईला सीले मृत्युलाई कसैले टार्न नसक्ने भन्दै जनता र राष्ट्रको लागि योगदान गरेर जानेहरुप्रति जनताले सम्झिरहने बताए ।

उनले नेकपाका होनहार युवा विकेशलाई गुमाउदा पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । कार्यक्रममा अर्का पिविएम तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले विकेश एक असल र कुशल कार्यकर्ता भएको चर्चा गरे ।

उनले सबैलाई शोकलाई शक्तिमा बदल्न आग्रह गरे । श्रद्धाञ्जली कार्यक्रममा विकेशको स्मृतिमा अक्षकोष समेत स्थापना गरिएको छ । अक्षकोषमा पार्टीका तर्फबाट ५० हजार ८ सय ५५ रुपैया जम्मा गर्ने घोषणा गरिएको छ ।

नेकपाले अक्षकोषका लागि १८ हजार ७ सय ९५ रुपैया आजै परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ भने वाकी रकम माघ १२ गते जम्मा गर्ने जनाएको छ ।

नेकपाका जिल्ला सदस्य विकेश क्यान्सर रोगबाट पीडित भएकाले ५ दिन अघि मात्र निधन भएको नेकपा काठमाडौ ३ नम्वर जिल्ला इन्चार्ज डिआरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।