६ आश्विन २०८१, आईतवार

अछाममा भालुको आक्रमणबाट दुई जना किशोरी गम्भीर घाइते

0

अछाम । अछाममा भालुको आक्रमणबाट दुई जना किशोरी घाइते भएका छन । जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ तडिगैरा कि १८ बर्षिय किरण शाह र पार्वती शाह गम्भीर घाइते भएका हुन ।

बुधबार बिहान दाउरा ल्याउन वन तिर जादा उनीहरु माथि एक्कासी भालुले आक्रमण गरेको थियो । घाईते किशोरीहरुको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याएर उपचार भईरहेको छ ।

उनीहरको अहिले प्रदेश अस्पतालमा अप्रेसन भैरहेको अस्पताल श्रोतले जनाएको छ । डाक्टरका अनुसार शरिरको अन्य ठाउँको मासु लगेर ठुलो घाउ भएको ठाउँमा टाँस्नु पर्ने र सो प्रक्रिया करिब ८ देखि १० घण्टा लाग्ने छ ।

घाईते किरण शाहको भालुले टाउको र घुडा भन्दा तलको भागको पुरै मासु लुछेको छ भने अन्य भागहरु क्षेदविक्षेद गरेको छ ।

यस्तै घाईते पार्वती शाहको पनि भालुले टाउको लगायत शरिरको विभिन्न ठाउमा क्षेदविक्षेद पारेको बताईएको छ ।

परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचारको निम्ति प्रदेश सरकार स्थानीय सरकार लगायत मनकारी सहयोगीहरुसंग सक्दो सहयोग गरिदिन घाईतेका परिवारले अपिल गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।