नेपाल कम्युनिस्ट पार्टी बारा डि 1 ले ‘नेपालमा लादिएकाे एमसीसी, राज्य सत्ताको संकट र निकासकाे बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य सितल सी रहेकन थिए । अतिथिहरू बारा जिल्ला सेक्रेटरी बिपि सी, बुद्धिजीवी राम दाहाल राजनीतिक पार्टीबाट राजेन्द्र रिमाल, काेमल प्रसाद चाैलागाई, हरि खरेल तथा व्यापारीबाट टीका तिम्सिना लगायत स्थानीय नागरिकहरूले अवधारणापत्रमा टिप्पणी तथा सुझाव राखेका थिए । प्रमुख अतिथि सितल सीले एमसीसी, राज्य सत्ताको संकट र निकासकाे बाटोकाे विषयक अवधारणा पत्र लगायत सबै विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रमकाे सभाअध्यक्ष बारा जिल्ला डि 1 का इन्चार्ज एनबी सीले गरेका थिए । उक्त कार्यक्रमकाे व्यवस्थापन जिल्ला सेक्रेटरी बिपि सीले गरेका थिए भने अवधारणा पत्र जिल्ला इन्चार्ज एनबि सीले वाचन गरे । कार्यक्रमकाे संचालन बारा जिल्ला डि २ का सेक्रेटरी जिज्ञाशु सीले गरेका थिए । कार्यक्रममा लगभग ७० जनाकाे उपस्थिति थियो । उक्त कार्यक्रम बारा निजगढ सगरमाथा सा.काे.स.काे सभाहलमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्