११ कार्तिक २०८१, आईतवार

राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया बाँकेमा सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँकेद्वारा आयोजित वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बाँके जिल्ला सेक्रेटेरी कल्पना सीको अध्यक्षता पिबिएम बन्धु सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथि नेकपा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज रणदिपसहित सम्पूर्ण राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको कार्यक्रमलाई पिबिएम बन्धु सीले सम्बोधन गरेकी थिइन् ।


अन्तरक्रियाको अवधारणापत्र वाचनसहित धारणा राख्दै जिल्ला इन्चार्ज रणदिपले अबको राज्यको संकटको सामधान नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरे ।

कार्यक्रममा विभिन्न दल नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, नेकपा (एस) शहिद परिवार, नागरिक उन्मुक्ती पार्टीका प्रमुखहरुले नेपाली विशेषताको समाजवाद अपरिहार्य भएको र यसको नेतृत्व पहलकर्ता विप्लवले गर्नु पर्ने धारणा राखेका थिए ।
प्रमुख वक्ता बन्धु सीले यही अवस्था सहेर बस्ने हो भने नेपालले युक्रेन भन्दा बढी सास्ती खेप्नुपर्ने धारणा राखिन् । उनलेे दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमा देशलाई सचेत ढंगले नलिने हो भने नेपाल देश नै नरहने बताइन् । यही व्यवस्थामा रमाउने हो भने दलाल पुजीवादले जनतालाई अहिलेको अवस्था भन्दा सयौ गुणा सास्ती दिने समेत उनलेे ठोकुवा गरिन् । नेता बन्धुले दलालहरुले इतिहासमै नगरेको हानिकारक mcc सम्झौता गरेर नेपालाई अमेरिकाको अधिनको देश बनाउन खोजेको तर नेकपाले त्यो सपना कदापी पूरा हुन नदिने प्रतिबद्धता गरिन् ।
अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज, सहिद परिवार गरि जम्मा ६० जनाको सहभागिता रहेको थिय‍ो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।