४ जेष्ठ २०८१, शुक्रबार

नेकपा सेती ब्यूरोको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला बन्दै

0

धनगढी: नेपाल कम्युनिष्ट पार्टी सेती ब्यूरोको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला बन्दै गएको छ । कैलालीको घोडाघाेडी नगरपालिका वडा नम्बर ९ रतीपुरमा रहेको नेपाल कम्युनिष्ट पार्टी सेती ब्यूरोको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला बन्दै गएको हो । शान्ति निम्न माध्यामिक विद्यालयको चार बिघा जमिन भाडामा लिएर कृषि फार्मका रुपमा काम गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको कम्युनमा विद्यार्थी, नेता प्रशिक्षक र अन्य राजनैतिक दलका जनप्रतिनिधिहरुले अध्ययन अनुगमन गर्न थालेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टीले गरेको आलु खेतीमा पहलमानपुर मेमोरियल विद्यालयका विद्यार्थीहरुले कृषि खेतीमा गएर अध्ययनसँगै प्राविधिक कार्य गरेका छन् ।

प्रशिक्षक जीवन कुँवरको नेतृत्वमा वजेटी गर्न गएको विद्यार्थीहरुको टोलीले आलुखेतीको अध्ययन गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ स्थायी घर भएका प्रशिक्षक कुँवरसहितको १४ जनाको टोलीले नेपाल कम्युनिष्ट पार्टीको सेती ब्यूरोको आलुखेतीको अध्ययन अनुगमन गरेको हो । प्रशिक्षक कुँवरले नेकपाको कम्युन आईएसी एजी अध्ययन गर्ने विद्यार्थीहरुका लागी प्रयोगशाला बन्दै जाने बताए । नेपाल कम्युनिष्ट पार्टीका सेती ब्युरो इन्चार्ज भगत सी र कैलाली जिल्ला इन्चार्ज प्रकाश सीलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिदै प्रशिक्षक कुँवरले कम्युनलाई विद्यार्थीहरुले अभ्यास गर्न सक्ने प्रयोगशालाका रुपमा विकास गर्नु पर्ने बताए । उनले आलु खेती, धानखेतीसँगै अन्य तरकारी खेती गरी कम्युनलाई कृषि कार्यको अध्ययन गर्न सकिने गरी विकास गर्नु पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीले नवौँ महाधिवेशनबाट आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ताको नीति लिएपछि नेता कार्यकर्ताहरु कृषि कार्यमा ब्यस्त रहेका छन् । कैलाली जिल्ला पार्टीका नेता कार्यकर्ताहरु यतिबेला आलुखेतीको कार्यमा ब्यस्त रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीले समाजवाद प्राप्तीका लागि उत्पादन मुख्य आधार भएको निष्कर्षसहित नेता कार्यकर्तालाई श्रम र उत्पादनसँग जोडेको छ । नेकपा केन्द्रिय सदस्य सेती ब्युरो इन्चार्ज भगत सीले पार्टीको नीतिले अन्य बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसँग जोड्न प्रेरित गरेको बताए । चन्दा उठाएर खाने, काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ताको नीतिले गतिलो झापड दिएको बताउदै अन्य पार्टीहरुले पनि श्रम र उत्पादनको सम्बन्ध जोड्न खोजेको बताए । उनले विद्यार्थीहरुका लागि पनि अध्ययन गर्ने शिक्षालय बनेको बताए ।

उनले यसअघि कृषि ज्ञान केन्द्रका कृषि विज्ञ, स्थानीय पालिकाका जनप्रतिनिधि र नेताहरुले समेत कम्युनको अध्ययन गरी सकेको बताए । त्यसैगरी केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले पार्टीको श्रम र उत्पादनको नीतिले देशलाई सम्बृद्ध बनाउन सकिने बताउदै पार्टीले यसलाई वैज्ञानिक समाजवादको भ्रुणका रुपमा लिएको बताए । उनले अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थप्रणाली अनिवार्य भएको बताउदै त्यसैको अभ्यासमा पार्टी लागेको जानकारी गराए । उत्पादन नीतिले नेता कार्यकर्ताहरुमा उत्साह थपिएको बताउदै युवाहरुलाई देशमै श्रमसँग जोडेर समृद्धि ल्याउन सकिने सन्देश दिन उत्पादन कार्यमा सिङ्गो पार्टी हाेमिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।