६ आश्विन २०८१, आईतवार

एमसीसी सम्झौताले नेपाल अमेरिकीहरुको देश बनाउन खोजियोः बन्धु सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पिविएम बन्धु सीले एमसीसी सम्झौताले नेपाललाई अमेरिकीहरुको देश बनाउन खोजिएको बताएकी छन ।

नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँकेद्धारा विहिवार राप्तीसोनारीमा आयोजित ‘बर्तमान राजनीतिक संकटको निकास, नेपाली बिशेषताको समाजवाद’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पिविएम बन्धुले यस्तो कुरा बताएकी हुन ।

उनले एमसीसी नेपालको लागि विगतका सन्धी सम्झौता भन्दा सयौ गुणा सास्ती र खतरनाक सम्झौता भएको भन्दै यसको अत्याचार सहने हो भने नेपालले युक्रेन भन्दा बढी सास्ती खेप्नु पर्ने बताईन ।

उनले भनिन ‘एमसीसी खारेजीको विकल्प छैन,नत्र नेपाल अमेरिकीहरुको परेड खेल्ने देश हुनेछ । राष्ट्रिय स्वाधीनताको रक्षा र नेपालको अग्रगामी निकासका लागि दलाल पुँजीवादको अन्त्य गरी नेपाली बिशेषताको समनजवादमा जानुको विकल्प छैन ।’

उनले अमेरिकी साम्राज्यवादको सैन्य अखडा र परेड खेल्ने देश नेपाल कुनै पनि हालतमा हुन नसक्ने चेतावनी दिदै साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादका विरुद्ध सबैलाई संघर्षको मोर्चामा आउन अपिल गरिन ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले दलाल पुँजीवाद र साम्राज्यवाद नै नेपाली जनताको प्रमुख दुश्मन भएको वताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवी,पत्रकार,सहिद परिवार लगायतको सहभागिता रहेको थियो । उत्तर बाँके जिल्ला सेक्रेटेरी कल्पना सी को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।