
बिदुर: अखिल (क्रान्तिकारी) जिल्ला समिति नुवाकोटको १८ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै बिहीबार सम्पन्न भएको छ ।
सदरमुकाम सुखद पाहुना घर, बिदुरमा सम्पन्न सम्मेलनको बन्दसत्रले विवेक सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनको सम्बोधन सहित नवनिर्वाति समितिलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य सुशिल सीले अबको विद्यार्थी आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विद्यार्थीहरुको काँधमा आएको बताए । उनले त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पूरा गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
बागमती कमाण्ड इन्चार्ज मदन सीले आफ्नो संगठनले अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न निर्देशन दिए । उक्त कार्यक्रममा अतिथि अखिल (क्रन्तिकारी) का केन्द्रिय सदस्य तथा पश्चिम ताम्सालिङ व्यूरो इन्चार्ज मेघेन्द्र सीले प्यानल प्रस्ताव राख्नुका साथै बधाई मन्तव्य समेत दिएका थिए ।
सम्मेलनका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सी, नेकपाका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सी, पार्टीको पश्चिम ताम्सालिङ व्यूरोका आर्थिक विभाग प्रमुख सिर्जन सी, नुवाकोट जिल्ला सेक्रेटरी संगम सी, युवा सङ्गठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम तामसालिङ ब्युरो इन्चार्ज जिबन सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य रोजी सी, CTEVT उपत्यका जिल्ला सचिव रुप सी, पोखरा विश्वविद्यालयको उपत्यका सचिव अजित सी, अखिल (क्रान्तिकारी) का धादिङ जिल्ला अध्यक्ष उदेश सी लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।