३ आश्विन २०८१, बिहीबार

नुवाकोटकाे बैठक सम्पन्न: राष्ट्रिय स्वाधीनताको पक्षमा लाग्न आम नेपाली जनतालाई प्रकाण्डकाे अपिल

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको बैठकले जिम्मेवारी बाँडफाँडसहित महत्त्वपूर्ण दूरगामी निर्णय गर्दै पत्रकार भेटघाट तथा छलफल कार्यक्रम पनि सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता प्रकाण्ड सीले जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने तत्व पागल भएको र बेलैमा उपचार गर्नुपर्ने बताए । साथै अमेरिकी साम्राज्यवादले नाङ्गो रूपमा हस्तक्षेप गरेको र राष्ट्र संकटग्रस्त अवस्थामा रहेको र जनताको दैनिकी जनजीवन झन्झन् संकटग्रस्त अवस्था रहेको हुँदा जनजीविकाको पक्षमा र राष्ट्रिय स्वाधीनताको पक्षमा लाग्न आम नेपाली जनतालाई अपिल समेत गरेका छन् । नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रिय दलालहरुलाई जनताले बेलैमा चिनेर जनकार्वाही गर्नुपर्ने ठाेकुवा गरे । जिल्लाका जिम्मेवार साथिहरुलााई आ-आफ्नो कार्यफिल्डमा गएर जनतासंग एकाकार भएर पार्टीको काममा लाग्न निर्देशन दिएका छन् । साेही अवसरमा सुर्यगाढी गा.पा अध्यक्ष मंगल तामाङ राप्रपाबाट विद्रोह गरि नेकपामा प्रवेश गरेका छन् । उनलाई प्रवक्ता प्रकाण्ड सीले स्वागत गरेका थिए ।

पार्टी प्रवक्ता प्रकाण्ड सीको प्रमुख आतिथ्यतामा बसेकाे बैठककाे अध्यक्षता जिल्ला सेक्रेटरी आरपी सीले गरेका थिए ।

अतिथिहरु पार्टी केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड युनियन महासंघ नेपालका सह-फ्याक्सन इन्चार्ज जीवन्त सी, पार्टी केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा बागमती प्रदेश कार्यालय सदस्य दिवाकर सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा धादिङ जिल्ला इन्चार्ज ज्योति सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज सृजन सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा संगम सी, केन्द्रिय प्रतिनिधि सदस्य शंकर सी थिए ।

त्यसैगरी माल्टी एग्रोफमले उत्पादन गरेको ९ हजार मेवाको बोटको नेतृत्व गरिरहेको पार्टी जिल्ला सदस्य कामनसिंह तामाङ सीलाई पार्टी प्रवक्ता प्रकाण्ड सीले भेट गर्दै पार्टीले सोचे अनुसारको एकीकृत कृषि परियोजना अवलम्बन गरेकोले पार्टी जिल्ला सदस्य कामनसिंह तामाङ सी ग्रुप लगायत लाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।