७ जेष्ठ २०८१, सोमबार

नवलपुरमा अन्तरक्रिया सम्पन्न, राजनीतिक निकासको लागि सबै कम्युनिष्ट शक्तिहरु एक ठाँउमा आउनुपर्नेमा जाेड

0

कावासोती: नेपाल कम्युनिष्ट पार्टी नवलपुरले ‘वर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रमुख तथा पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नवलपुर जिल्ला सेक्रेटरी रक्षकको अध्यक्षता भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर प्रमुख अथिति रहेका थिए त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सुमन, नेकपा (माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य किशन शर्मा, नेपाली कांग्रेसका जिल्ला नेता महेन्द्र पोखरेल, नेकपा एकिकृत समाजवादीका जिल्ला इन्चार्ज शालिकराम भट्टराई लगाएत नेताहरुले कार्यपत्रमाथि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्ने कम्युनिष्ट नेताहरुले अब राजनीतिक निकासको लागि सबै कम्युनिष्ट शक्तिहरु एक ठाँउमा आउनुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।