२८ बैशाख २०८१, शुक्रबार

ललितपुरमा दुईवटा ब्युरोको संयुक्त स्कुलिङ सुरु

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नीति अनुसार ललितपुरमा दुईवटा व्युरोको संयुक्त स्कुलिङ सुरु भएको छ । शुक्रबार बिहानबाट नेकपा उपत्यका व्युरो र पश्चिम ताम्सालिङ व्युरोको संयुक्त आयोजनामा स्कुलिङ सुरु भएको हो । स्कुलिङमा ४० बढी प्रशिक्षार्थीहरुको सहभाागिता रहेको छ ।

स्कुलिङमा जिल्ला सचिवालय सदस्य स्तरमा नेताहरुको सहभागिता रहेको नेकपा उपत्यका व्युरोले जनाएको छ । स्कुलिङमा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, भौतिक विज्ञान र सामाज विज्ञान गरी ५ वटा विषयमा पढाइ हुने नेकपा पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज सीले बताए । यो स्कुललाई एकीकृत जनक्रान्तिकाको स्कुल भनेर नामाकरण गरिएको छ ।

बिहीबार बिहान स्कुलिङको उद्घाटन गदै नेकपा स्थायी समिति सदस्य भरत सीले एकीकृत जनक्रान्तिको स्कुलले नेपालमा विद्यमान संकटको समाधान कसरी दिन सकिन्छ भनेर सिकाउने बताए । विश्वको सबैभन्दा उत्कृष्ट मानव बनाउन यो स्कुल सुरू भएको बताउँदै उनले देशमा देखिएका सम्पूर्णको समाधान नेकपासँग रहेको जिकिर गरे ।

‘हो हामीसँग अहिलेको संकटको समाधान छ । हामीलाई देशको जिम्मा दिनुपर्छ, ५ वर्षमा देशलाई अर्कै ठाउँमा पुर्याउने क्षमता हामीसँग छ । हाम्रो नेतृत्वसँग छ ।’, उनले भने, ‘सहि विचार र सहि नेतृत्वले संकटको समाधान दिन्छ । जुन हामीसँग छ । हामी संकटको समाधान दिन्छौं ।’ आफ्नो राजनीति दिन कटाउने राजनीति नभएको भन्दै दिन कटाउने राजनीति गर्नेसँग सचेत हुनुपर्नेमा उनको जोड थियो । ‘अरु पार्टीहरु दिन कटाउन राजनीति गर्छन् । हामीले दिन कटाउन राजनीति गर्दैनौं ।’, उनले भने, ‘हामी जनताका दुःख कटाउन राजनीति गछौं, देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन राजनीति गछौं । देशलाई स्वाधिन बनाउन राजनीति गछौं ।’

उपत्यका व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सुरु भएको स्कुलमा ३३ घन्टा कक्षाहरु हुनेछन् । ३२ कक्षा सकिएपछि १०० पूर्णाङ्कको परिक्षा लिएपछि समापन हुने नेकपा पोलिट व्युरो सदस्य भेषराज सीले बताए । उनले स्कुलिङले पछिल्लो समयमा विकास भएको नयाँ परिवेशलाई बुझाइमा एकरूपता ल्याउने अपेक्षा गरिएको बताए ।

प्रशिक्षकका रुपमा स्थायी समिति सदस्य भरत सी, पोलिट ब्युरो सदस्य भेषराज सी लगायतले कक्षा लिने बताइएको छ । स्कुलिङको उद्घाटन सर्तमा उपस्थित सम्पूर्णलाई नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।