२७ बैशाख २०८१, बिहीबार

प्रचण्ड सरकार र पुरानो सत्ताबीच अन्तरविरोध देखियो : भरत सी

0

ललितपुर/ नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा स्कुल विभाग इन्चार्ज भरत सीले प्रचण्ड सरकार र राज्यको पुरानो मेशिनरीतन्त्रबीच बेमेल र अन्तरविराेध सतहमा प्रकट भएको विश्लेषण गरेका छन् । ललितपुरको हरिसिद्दीमा सञ्चालित पार्टी स्कुलको समापन सत्रमा प्रशिक्षण मन्तव्य राख्ने क्रममा नेता भरत सीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डको नेतृत्वमा सरकार भएपनि राज्यको संरचना र प्रवृति दलाल र विदेशी  निर्देशित भएकोले सरकारले गर्न खोजेका कतिपय जनपक्षीय कामहरू समेत असफल भएकोतर्फ संकेत गर्दै नेता भरत सीले अरुण चौधरीलाई दुई दिनभित्र अनुसन्धान गर्नु र यदि अनुसन्धान नसकिए धरौटीमा छोड्नु भन्ने अदालती आदेश र सरकार नेकपाबीच भएको तीन बुँदे सहमति विपरित महासचिव विप्लव लगाएतका नेताहरूलाई पक्राउ पुर्जी जारी गर्नुले राज्यको चरित्र र सरकारबीच बेमेल देखिएको बताए ।

शुक्रबारदेखि सञ्चालित स्कुलको समापन कार्यक्रममा स्थायी समिति सदस्य भरत सीले आफुहरुले न्यु स्कुल शुरूवात गरेको, यसले नेपाल कम्युनिस्ट पार्टीलाई मध्यम वर्गसङ्ग जोड्न, युवाहरूलाई उत्साहित र आन्दोलित गर्न र पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुलाई नयाँ खोज र अनुसन्धानका लागि उर्जा र उत्प्रेरित गर्ने अपेक्षा रहेको र पार्टी बाहिर रहेका अन्य कम्युनिस्ट नेताकार्यकर्तालाई समेत प्रभावित गरेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा केन्द्रिय स्कुल विभाग प्रमुख भेषराज सीले स्कुलमा प्रथम हुने विद्यार्थीहरु समाज र जीवनमा असफल भएका उदाहरणबाट समेत सिक्दै मार्क्सवादी स्कुलले सिद्धान्त र व्यवहारिक जीवनको तादम्यता मिल्ने धारणा राखे ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्ज कृति सीले स्कुलले कार्यकर्ताहरुलाई वैचारिक खुराक दिएको र यसलाई जनता र व्यवहारमा जोड्ने र जनताबाट सिकेर फेरि सिद्धान्त र फेरि व्यवहारको प्रक्रियाबाट अगाडि बढ्ने भन्दै पार्टी स्कुलको अन्तिम उदेश्य समाज बदल्नु रहेको विचार व्यक्त गरे ।

करिब ५ दिनसम्म सञ्चालित स्कुलिङमा दर्शनशास्त्र , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तर्गत ३२ ओटा सैद्धान्तिक कक्षाहरु गरिएको थियो ।
समापन सत्रमा सिकाई उपलब्धिको मापन गर्ने उदेश्यले लिखित परिक्षा समेत लिइएको थियो ।

नेकपा स्कुल विभाग इन्चार्ज भारत सी, प्रमुख भेषराज सी, विभाग सदस्यहरु असल सी, तिर्थ सी र प्रयास सी प्रशिक्षक रहेको कार्यक्रममा नेकपा नेताहरू  भृकुटी, बिपिन र राजकुमारी सहभागी रहेका थिए भने समापन कार्यक्रमको केन्द्रिय सदस्य सागरले सञ्चालन गरेका थिए ।

यसैबीच अध्ययन-अध्यापनको सैद्दान्तिक मूल्यांकनको निम्ति र सिकाई उपलब्धीको मापन गर्ने उदेश्यले यसपटक स्कुलिङ विभागले लिखित परिक्षा समेत लिएको थियो ।
ललितपुरको हरिसिद्दीमा भएको उपत्यका र पश्चिम ताम्सालिङ ब्युरो स्कुलिङमा लिइएको परिक्षामा ममता सी प्रथम भएकी छिन् ।
यस भन्दा अगाडि स्कुलिङको अन्तिम दिन १६ गते पुर्वी ताम्सालिङकाे धुलिखेलमा भएको कम्युनिस्ट स्कुलिङकाे परिक्षामा युगीन सी प्रथम भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।