२८ बैशाख २०८१, शुक्रबार

गर्बुजाकाे घटनालाई छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नेकपा म्याग्दीकाे माग

0

विप्लव नेतृत्वको नेकपा म्याग्दीले सुशील गर्बुजा हत्याकाे घटनालाई छिटोभन्दा छिटो सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ ।
नेकपा म्याग्दी बेनी नगरपालिका इन्चार्ज गाेविन्द सीले प्रेस विज्ञप्ति जारी गरि उक्त घटनाको सत्य तथ्य छानबिन
दाेषीलाई आवश्यक दण्ड र मृतक परिवारलाई उचित न्याय दिन म्यादी जिल्लाकाे सम्बन्धित सबै निकायहरुलाई जाेडदार माग गरेका छन् ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको न्युरोडमामा गत ११ गते साँझ घटेको घटनाका सम्पूर्ण दोषीहरुलाई हालसम्म प्रहरीले पक्राउ गर्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै नेकपा म्याग्दीले उक्त घटनाको छिटोभन्दा छिटो सत्य तथ्य पत्ता लगाई सार्वजनिक नगरिए साेकाे विरुद्ध संघर्षमा उत्रिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी बजारमा बस्दै आएका गर्बुजाको गत ११ गते न्युरोडमा चक्कु प्रहार गरि हत्या गरिएको घटनाले जिल्लाको सदरमुकाम अपराध र अपराधीहरुको अखडा भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

यी र यस्ता घटनाहरु नेपाली समाजमा घटिरहनुले देशको दलाल राज्यव्यवस्था पूर्ण रुपमा असफल भएको उल्लेख गर्दै पीडितको न्यायको लागि सम्बन्धित निकायहरुलाई नेकपा म्याग्दीले विज्ञप्ति मार्फत आह्वान गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।