२८ बैशाख २०८१, शुक्रबार

देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन कम्युनिस्टले साेच्नुपर्ने बेला आयाे : विप्लव

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन क्रान्तिकारी, कम्युनिस्ट, वामपन्थी पक्षधर र सच्चा लोकतन्त्रवादीले साेच्नुपर्ने बेला आएकाे बताएका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय प्रशिक्षणलाई पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमा राजनैतिक संकट आएकोले त्यसको नेतृत्व क्रान्तिकारीहरुले नगरे देश साम्राज्यवादको चंगुलमा जाने र हाम्रो राष्ट्र झन् बर्बाद हुने भएकोले देशलाई त्यसो हुनबाट जोगाउनु पर्ने बताए ।

प्रशिक्षणको क्रममा प्रमुख अतिथिसमेत रहेका महासचिव विप्लवले क्रान्तिकारी कम्युनिस्ट वामपन्थी पक्षधर सच्चा लोकतन्त्रवादीहरुलाई एकताबद्ध गरेर क्रान्तिकारी ढंगबाट राष्ट्रलाई अग्रगमनतिर लिनुपर्नेमा जोड दिएका हुन् ।
नेपालमा क्रान्तिकारी कम्युनिष्टलाई एक हुन नदिने षडयन्त्र सुरु भएकोले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबिच सहमति र तालमेल गर्दै देशलाई मुक्त गर्नुको विकल्प नरहेको उनको भनाइ रहेको थियो ।

राष्ट्रिय सम्मेलन तोकिएको समयमा गर्न, त्यसको तयारी स्वरुप पार्टी भुगोलको स्कुलिङ र प्रशिक्षण सकेलगत्तै जवसको प्रशिक्षण सुरु भएको बताइएको छ । जस अनुसार आज अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रशिक्षण भएको हो ।

श्याम सीको अध्यक्षतामा भएको केन्द्रीय प्रशिक्षण जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज शिलु सी, पार्टी केन्द्रीय सदस्य विजय सी, केन्द्रीय सदस्य सुशील सी, मिना सीको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव टेक सीले गरेका थिए । महासंघको भोलिदेखि केन्द्रीय कमिटीको पूर्ण बैठक बस्ने छ ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।