१० पुष २०८१, बुधबार

वैज्ञानिक समाजवादमा पुग्न पार्टी पुनर्गठन गरिएको हो : बन्धु सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु सीले वैज्ञानिक समाजवादमा पुग्न नेकपा पुनर्गठन गरिएको बताएकी छन् । नेकपा बाँकेले ११ औं पार्टी पुनर्गठन दिवसका अवसरमा कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै पोलिट व्यूरो सदस्य बन्धु सीले वैज्ञानिक समाजवादमा पुग्न पार्टी पुनर्गठन गरिएको बताएकी हुन् ।
उनले जनयुद्धको लक्ष्य र उद्देश्यहरुमाथि प्रचण्डबाट धोका भएको भन्दै वैद्य र विप्लवले २०६९ मा पहिलो पटक पार्टी पुनर्गठन गरेको बताइन् । वैद्यबाट पनि क्रान्तिको गति अगाडि बढ्न नसक्ने देखेर विप्लवको नेतृत्वमा २०७१ साल मंसिर ८ गते दोस्रो पटक पार्टी पुनर्गठन गरी नेकपा राखिएको जानकारी दिइन् ।
उनले मंसिर ८ गते श्रमजीवी जनताको आफ्नै पार्टी स्थापना भएको दिन भएकाले यो गौरबको विषय भएको जिकिर गरिन् । माओवादी आन्दोलनमा शान्ति प्रक्रिया पछि गम्भीर धोका खानु परेकाले विप्लवको नेतृत्वमा नेकपा बन्नु परेको स्पष्ट पारिन् ।
कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो । एक आपसमा शुभकामना आदान प्रदान गर्दै लड्डु खाँदै अविर आवरण गर्दै हर्ष उत्लासका साथ पार्टी पुनर्गठन दिवस मनाइएको छ ।
कार्यक्रममा नेकपाका बाँके जिल्ला इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य शेखर सी, नारायण सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त सीको आतिथ्यता रहेको थियो । जिल्ला सेक्रेटरी कल्पना सीले संचालन गरेको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।