७ आश्विन २०८१, सोमबार

आजको समस्या व्यवस्थाको हो,नेपाली विशेषताको समाजवाद चाहिन्छः भरत सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीेले विद्यमान समस्या दलाल पुँजीवादी व्यवस्थाको भएको भन्दै त्यसको समाधान नेपाली विशेषताको समाजवादले मात्र हुने ठोकुवा गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोको आयोजनामा बाँकेको कोहलपुरमा आयोजित ५ दिने व्यूरो स्तरिय स्कुलिङ्ख कार्यक्रममको आज उद्घाटन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो ठाकुवा गरेका हुन ।

उनले भने ‘आजको व्यवस्थाको सीमा समस्याहरु धेरैछन, मिटर व्याजीको आन्दोलन पैदल हिडेर सिंहदवार पुगेको छ । युवाहरु बेरोजगार भएर रोजगारीका लागि विदेशीएका छन । एमसीसीले हस्तक्षेप वढाएको छ । भ्रष्टाचार,कमिशनले देश आक्रन्त छ । यी तमाम समस्याहरु दलाल पुँजीवादी व्यवस्थाका कारण हो । यसले देशलाई समाधान दिन सक्दैन । यसको विकल्प समाजवादी मोर्चाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद मात्र एकमात्र विकल्प हो ।’

नेकपाका स्कुलिङ्ख विभागका इन्चार्ज समेत रहेका नेता भरत सीले नेकपाको नेतृत्व अहिले समाजवादी मोर्चाको संयोजक समेत रहेको बेला देशको जिम्मा लिने गरी नेता कार्यकर्ताहरुको ज्ञान र क्षमताको विकास गर्नुपर्ने बताए ।

उनले नेता कार्यकर्ताको दृष्टिकोण बदल्ने बौद्धिक सारतत्व सहितको नयाँ ज्ञान नेपाल कम्युनिष्ट पार्टीसंग रहेको दाबी गर्दै व्यवहारबाट नयाँ ज्ञान प्रात्त गर्ने र फेरी ज्ञानलाई व्यवहारमा बदल्ने जिम्मा नेकपाको रहेको बताए ।

उनले दृष्टिकोण धारीलो बनाउनका लागि स्कुलिङ्ख कार्यक्रमको आयोजना गरिएको बताउदै सिद्धान्त र व्यवहारले दलाल पुँजीवादलाई पछाडि पार्ने गरी नेकपा जानु पर्ने धारणा राखे ।

‘यो नयाँ स्कुल हो, विगतको भन्दा फरक स्कुल हो’ उनले भने, ‘हामीसंग आफ्नै व्यवहारबाट निकालिएको ज्ञान छ ,यसलाई फेरी व्यवहारमा लागु गर्न दुष्टिकोण धारिलो पारिरहेका छौ । दृष्टिकोणमा स्पष्टता र वैज्ञानिक दृष्टिकोण बनाउन स्कुल संचालन गरिएको हो ।’

उनले राजनीतिक क्रान्ति पुरा नभएको भन्दै नेपाली श्रमिक जनता र अमेरिकी साम्राज्यवाद बिच मुख्य अन्तरविरोध रहेको बताए । नेता भरतले सम्पूर्णढंगले एमसीसी खारेजी गर्न आवश्यक भएको पनि बताए ।

उद्घाटन कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा स्कुलिङ्ख विभागका प्रमुख भेषराज सीले स्कुलिङ्खको समयतालिका सुनाउदै विगतको भन्दा स्कुलिङ्ख नयाँ भएको जिकिर गरे ।

उनले स्कुलिङ्ख अबधिभर ९ वटा दर्र्शनशास्त्र, ८ वटा राजनीतिक अर्थशास्त्र,५ वटा समाज विज्ञान, ५ वटा भौतिक विज्ञान र ६ वटा बैज्ञानिक समाजवादका गरी जम्मा ३४ वटा पिरियट संचालन हुने जानकारी दिए ।

स्कुलिङ्खमा प्रशिक्षणको रुपमा नेता भरत सी,भेषराज सी,असल सी,प्रयास सी लगायतका प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
स्कुलिङ्ख कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीले स्कुलिङ्खलाई गम्भीरतापूर्वक लिन सहभागीहरुलाई निर्देशन दिए ।

स्कुलिङ्खको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीले दिएका थिए भने कार्यक्रमको संचालन नेकपाका उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले गरेका थिए ।

स्कुलिङ्खको उदघाटन कार्यक्रमको अध्यक्षता व्यूरो इन्चार्ज संगम सीले गरेका थिए । बाँके,बर्दिया,जाजरकोट र डोल्पा जिल्लाका करिब ४० बढी सहभागी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको विद्यागत स्कुलिङ्ख फागुन १६ गते देखि २० गते सम्म संचालन हुने नेकपा दक्षिण कर्णाली व्यूरोले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।