७ आश्विन २०८१, सोमबार

वर्गिय मुक्ति विना जातिय मुक्ति सम्भव छैन : सञ्जीव सी

0

प्युठान: वर्गिय मुक्ति विना जातिय मुक्ति सम्भव नभएको नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्बिनी व्यूरो इन्चार्ज सञ्जिव सीले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी श्रमिक समुदाय मोर्चा केन्द्रिय विभागद्वारा बिजुवारमा आयोजित “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक’अन्तरक्रिया कार्यक्रममा इन्चार्ज सीले यस्तो बताएका हुन् ।

उनले भने,–“गोत्र, कुल र कविला समाज रक्त सम्बन्धका आधारमा कतै सामान्य आवश्यक जस्तो देखिएपनि एउटा विचार, नीति र सिद्धान्तका रुपमा सामन्ती राज्य र धार्मिक अन्धविश्वासमा अल्झिएको समाजले श्रमिक समुदायमाथि सचेततापूर्वक लादिएको अमानविय शोषण दमन नै जातिय विभेद हो । यसकारण सम्पूर्ण उत्पीडन र खासगरी जात व्यवस्था उन्मुलनको एकमात्र विकल्प वर्गिय उत्पीडनको अन्त्य नै हो ।” अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सल्लाहकार तथा श्रमिक समुदाय केन्द्रिय विभाग प्रमुख सन्तोषी सीले “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा विषय प्रवेशको रुपमा समस्या, उत्पति, इतिहास, वर्तमान र भविष्यबारे, श्रमिक समुदायले भोगिरहेका समस्या, श्रमिक समुदायमा समस्याका कारण, श्रमिक समुदायको कार्यभार र सी जाति तथा सी समाजको स्थापना र विकास समन्धी विषयहरु समेटिएका थिए ।

कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि केही वक्ताहरुले सकारात्मक टिप्पणी गरेका थिए । टिप्पणीकारहरुको जातव्यवस्था उन्मुलनको लागी वर्गिय मुक्ति नै एकमात्र विकल्प रहेको र वर्गिय मुक्ति आन्दोलनको नेतृत्व नेकपाले नै गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संयूक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक जयमन, नेपाल दलित मुक्ति मोर्चा प्यूठानका अध्यक्ष केशव वि.क., एकिकृत समाजवादी मोर्चा प्यूठानका प्रतिनिधि खेम सुनार, दलित अभियन्ता भरत सुनार, अर्जुन गन्धर्व, खिम बहादुर परियार, समाजसेवी बुद्धिजिवी प्रकाश सुवेदी, मुर्तिकार भिम बहादुर वि.क.लगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्यूठानका इन्चार्ज जागृति सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा यूवा संगठन नेपालका केन्द्रिय सचिव विश्लेषण सी, केन्द्रिय प्रतिनिधी समिति सदस्य तथा नेकपा पुर्वी प्यूठानका सेक्रेटरी मुस्कान सी, पश्चिम प्यूठानका सेक्रेटरी परिवर्तन सी, शहिद परिवार तथा पार्टीका जिल्ला सल्ल्लाहकार मोहन सी, भुतपूर्व जनमुक्ति सेना नेपाल प्यूठानका संयोजक नितिन सी लगायको उस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता केन्द्रिय विभाग प्रमुख सन्तोषी सी, स्वागत मन्तव्य गोपीलाल सी र सुष्मा सीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।