४ जेष्ठ २०८१, शुक्रबार

काङ्ग्रेसले प्रचण्डलाई काखमा राखेर सिध्याउन खोज्यो

0

 

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली काङ्ग्रेसले प्रचण्ड लगायतका कम्युनिस्ट नेताहरुलाई आफ्नो काखमा राखेर सिध्याउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौँको बुद्धनगरस्थित पार्टीका केन्द्रिय सदस्यहरुसङ्ग समसामयिक विषयमा कुराकानी गर्ने क्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाली काङ्ग्रेससहितको सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रचण्डलाई सरकारको नेतृत्व दिएको भएपनि सरकारले जनताका दैनिक समस्या समाधान र रास्ट्रिय स्वाधीनताको सुरक्षा गर्ने भन्दा पनि माओवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुलाई बदनाम र असफल पार्न प्रयास भैरहेको भन्दै महासचिव विप्लवले यसबारे गम्भीर हुनुपर्ने बताए।”एकातिर काङ्ग्रेस सत्ता गठबन्धनको प्रमुख साझेदार दल हो भने अर्कोतिर काङ्ग्रेसको हालै सम्पन्न महासमिति बैठकको आधिकारिक दस्तावेजमा जनयुद्धलाई अपराधिक क्रियाकलाप भनेर परिभाषित र व्याख्या गरिएको पाइयो”- उनले भने-” काङ्ग्रेस स्वयं हिजो युद्धको एउटा हिस्सा हो, त्यसको एउटा कारक हो र  शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि हो,  जनयुद्ध हुन्थेन भने देश अहिले पनि कहाँ हुन्थ्यो, विचार गर्न जरुरी छ ।”

त्यस्तै मुलुकको विद्यमान परिस्थितिबारे संकेत गर्दै महासचिव विप्लवले अहिले नेपालमा भारतीयहरु हिन्दुइज्म र राजतन्त्रको एजेन्डा बोकेर आइरहेको र पश्चिमाहरु कृश्चियनकरण र पहिचानसहितको संघीयता तथा धर्मनिरपेक्षताको एजेन्डा बोकेर आएको समेत उल्लेख गरे ।

नेपालमा सामाजिक र जातीय विविधताहरु छन्, यसका सबल र राम्रा पक्षहरु पनि छन्, हाम्रो आन्तरिक एकतालाई अझ राम्रो बनाउन समाजवादी संघीयता आवश्यक छ, तर अहिलेको संघीयताले समस्या समाधान गर्ने भन्दापनि सामाजिक विभाजन मात्रै ल्याउने खतरा छ, त्यसैले नेपालमा जुन उद्देश्य र मर्मका आधारमा हामीले संघीयताको मुद्दा उठायौँ, त्यस प्रकारको संघीयता आउन नसकेको र अब समाजवाद र संघीयता सङ्गसङ्गै लिएर अगाडि जानुपर्ने बेला आएको समेत उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।