१ मंसिर २०८१, शनिबार

विकृत पुजीवाद आर्थिक संकटको मुख्य कारण हो : बन्धु सी

0

नेपालगन्ज/ अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष एवम् लेखक तथा साहित्यकार बन्धु सीले नेपालमा अहिले देखिएको आर्थिक, राजनीतिक संकटको प्रमुख कारण विकृत खाले पुँजीवाद भएको बताएकी छन् । आइतबार नेपालगन्जमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव विषयक´ अन्तर्कृयामा मन्तव्य राख्ने क्रममा अध्यक्ष बन्धुले यस्तो धारणा राखेकी हुन् ।

नेपालमा अहिले जुन पुँजीवाद छ, यो हिजोको युरोपको जस्तो प्रगतिशील चरित्रको नभएको र यो देशमा असली चरित्रको पुजीको बिकास पनि हुन नदिने विकृत खालको पुँजीवाद भएको भन्दै अध्यक्ष बन्धुले यसप्रकारको पुजी केही दलाल र सिमित वर्गको मुठ्ठीमा केन्दित भएको र आम नागरिकको उपभोग गर्नसक्ने सामर्थ्य कमजोर भएपछि नै अहिलेको आर्थिक संकट उत्पन्न भएको बताइन् ।

त्यस्तै  राजनीतिक अस्थिरता लगायतका समस्याले  एकातिर भएका नीतिहरू पनि कार्यान्वयनमा असहजता देखिनु र अर्कोतिर देशमा उपलब्ध प्राकृतिक साधन, श्रोत र जनशक्तिको उचित सदुपयोग गर्ने नीतिको अभावका कारण पनि संकट थपिएको मन्तव्यको क्रममा उनले उल्लेख गरिन् ।

राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको संकटले समाजका सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको र त्यसमध्ये पनि सञ्चारमाध्यममा निकै चर्को समस्या परेको भएपनि पत्रकारिताले नै अहिलेको संकटमा अध्यारोमा जुनकीरी झै आशाको किरणको काम गर्नुपर्ने स्थिति आएको समेत अध्यक्ष बन्धुको भनाइ थियो ।

जनपत्रकार संगठन नेपालद्वारा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, वामपन्थी वुद्दीजीवी नरेन्द्रजङ्ग पीटर,पत्रकारिताका प्राध्यापक हरि तिमिल्सिना,बरिस्ठ पत्रकार झलक गैरे, उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष टङ्क धामी, समाजवादी प्रेसका लोकनाथ शर्मा,थारु पत्रकार संघका अध्यक्ष भगतराज थारु,सगरमाथा अनलाइनबाट आशा परियार, एभिन्युज टेलिभिजनका खम्बु पुन लगाएतका वक्ताहरुले मन्तव्य राखेका थिए भने जनपत्रकार संगठन नेपालका सचिव वसन्त विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।