२ जेष्ठ २०८१, बुधबार

नेपाली विशेषताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास हाे : भेषराज सी

0

प्युठान/ नेपाली विशेषताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास भएको नेता भेषराज सीले बताएका छन् ।
साेमबार नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठानले पार्टी कार्यालय जुम्रीमा आयाेजना गरेकाे अन्तर्क्रिया कार्यक्रममा पार्टीका पाेलिट व्युराे सदस्य तथा केन्द्रीय स्कुलिङ विभाग प्रमुख भेषराज सीले “वर्तमान संकटकाे अग्रगामी निकास : नेपाली विशेषताकाे समाजवाद ” विषयक अवधारणा प्रस्तुत गर्दै यस्ताे बताएका हुन् । उनले कार्यक्रममा नेपालकाे वर्तमान राष्ट्रिय संकट , राजनीतिक संकट, आर्थिक संकटहरु रहेकाे र त्यसकाे अग्रगामी निकास नेपाली विशेषताकाे समाजवाद नै एकमात्र विकल्प भएको बताएका छन् ।
वैदेशिक हस्तक्षेपको अन्त्य असमान सन्धि सम्झाैताकाु खारेज र पञ्चशिल सिद्धान्तका आधारमा मित्र राष्ट्रहरुसंग दाैत्य सम्बन्ध स्थापित गर्नु, आम सर्वसाधारण जनताकाे जीवनस्तर भाैतिक र साँस्कृतिक दुवै हिसाबले उन्नत बनाउनु, महिलालाई सुरक्षासहितकाे समान अधिकार, श्रमिक समुदायलाई सुरक्षासहितकाे विशेष सुविधा, आदिवासी जनजाति, मुस्लिमलाई समाजवादी संघियता, कर्णाली र सेती महाकालीलाई विशेष सुविधासहित सत्तामा समान सहभागिता सुनिश्चित गर्नु , किसानलाई जमिन, मजदुरलाई उचित ज्याला, यूवालाई राेजगारी, विद्यार्थीलाई वैज्ञानिक र जीवन उपयोगी शिक्षा, वैज्ञानिकलाई अनुसन्धानकाे अवसर, अशक्तलाई उपचार, सेना, प्रहरी तथा कर्मचारीलाई निष्पक्ष जिम्मेवारी प्रदान , उद्योगी व्यवसायीलाई सुरक्षासहितकाे प्राेत्साहन, मध्यम वर्गलाई सुरक्षा र सहयाेग नेपाली विशेषताकाे समाजवादकाे मुख्य विशेषता रहेकाे नेता भेषराज सीले बताएका छन् ।
अवधारणा पत्रमाथि टिप्पणी राख्दै वर्तमान समयमा नेपालमा दलाल संसदीय व्यवस्था असफल भईसकेकाेले अवकाे समाधान र एकमात्र विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको वक्ताहरूले विचार मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि ध्रुव थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सुमन सुवेदी, प्युठान नगरपालिकाका पुर्व नगर प्रमुख अर्जुन कुमार कक्षपती, सहिद परिवार समाज प्युठानका अध्यक्ष झपेन्द्र शर्मा, अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पाैडेल र संयुक्त राजनीतिक दलित संघर्ष समितिका सचिव खुम बहादुर परियार लगायतले टिप्पणी राखेका थिए । नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पूर्व इन्चार्ज सुर्यप्रकाश सीकाे स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमकाे अध्यक्षता नेकपाका केन्द्रीय सदस्य तथा प्युठानका इन्चार्ज जागृति सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सीले सन्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।