३ आश्विन २०८१, बिहीबार

नेकपा रसुवाको बैठक सम्पन्न, समाजवादी व्यवस्थाको पक्षमा व्यापक जनमत निर्माण गर्न अभियान सुरु

0

रसुवा – नेपाल कम्युनिस्ट पार्टी रसुवाको बैठक सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकले संगठन, उत्पादन र संघर्षसम्बन्धी निर्णय गरेको छ ।

बैठकले एकृकित जनक्रान्तिको कार्यदिशामार्फत नेपाली विशेषताको समाजवादले मात्र देशको राजनीतिक र आर्थिक समस्याहरु समाधान गर्न सक्ने भन्दै दलाल संसदीय व्यवस्था नेपाली जनताको लागि संकट उत्पादन गर्ने थलो भएकोले समाजवादी व्यवस्थाको पक्षमा व्यापक जनमत निर्माण गर्न पार्टी सुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ । अभियान जेठ ३ गतेदेखि श्रवण ३ सम्म अभियान संचालन हुनेछ ।

जिल्लामा रहेका विभिन्न समस्याको समधानसँग जनताको पक्षमा पार्टीलाई उभ्याउने र बेथिति रोक्ने बताइएको छ । जेठ ३ गते रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ खाल्टेमा नेकपाका केन्द्रीय समिति सदस्य तथा रसुवा जिल्ला इञ्चार्ज सागर  सीले सो अभियानको उ‌द्घाटन गरेका छन् । अभियानको क्रममा रहेका जिल्ला सेक्रेटरी प्रकाश सी, जिल्ला सदस्य निङमा सी, काल्साङ सी, बिर्ख  सीले उपस्थितहरुलाई प्रशिक्षित गरेका थिए ।

जिल्ला सेक्रेटरी  प्रकाश सीको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला कार्य समितिका सदस्यहरु निङमा सी, काल्साङ सीले मन्तव्य राखेका थिए । समाजवादी व्यवस्था जनताको व्यवस्था भएको र सम्पूर्ण कम्युनिस्टहरू समाजवादको लागि एक ठाउँमा आउनुपर्ने धारणा राख्दै प्रमुख वक्ता जिल्ला इन्चार्ज सागर सीले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकले एकताको सम्पूर्ण ढोका खुला राखेको र अब एकताको लागि ढिला नगर्नुपर्ने र आफ्नो पार्टीको उत्पादन नीति अनुरुप जनता र समर्थकले बेरोजगार बस्न नपर्ने र मान्छेलाई विदेश पलायनबाट रोक्ने पहल गरिने र भ्रष्टाचार नियन्त्रण गर्नुे, सी साँस्कृतिक अनुसार जन्म, मृत्यु र विवाह संस्कार मनाउनुपर्ने अन्यथा धर्म र साँस्कृतिक बढि खर्चिलो भएको जिकिर गरेका थिए ।

उनले जनजाति खसआर्य, मधेसी, मुस्लिम, महिला, श्रमिक, समुदाय राज्यको पहुँज बाहिर रहेको र यिनको लागि समाजवादी व्यवस्था जरुरी भएको तर्क गरेका थिए । अभियानको क्रममा संगठन सुद्धिकरण गर्ने र जनसम्बन्ध विस्तार हुनेमा आफू विश्वस्त रहेको र जनतालाई नआत्तिन अनुरोध गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।