३ आश्विन २०८१, बिहीबार

नेकपा रोल्पाको पहिलो बैठक सम्पन्न

0

राेल्पा: नेकपाको नवाैँ पूर्ण समितिको पाँचौ पूर्ण बैठक पश्चात जिल्ला समिति रोल्पाको पहिलो बैठक सम्पन्न भएको छ । कार्यक्रममा नेकपा पोलिट व्युरो सदस्य आदर्श सीको प्रमुख अतिथि रहेको थियो । अन्य अतिथिहरुमा नेकपा केन्द्रिय सदस्य असिना सी, मनिराज सी र स्कुलिङ विभागका सन्तोष सीको उपस्थिति रहेको थियो ।

पटक–पटक चुनावलाई बहिष्कार गरिरहदा पनि जनताले चाहेको नेतृत्व पछि पर्ने कुरालाई स्पस्ट पार्दै चुनावलाई क्रान्तिको लागि प्रयोग गर्ने हिसाबले एक पटक सिद्धान्त र व्यवहार मिल्नेहरुसँग मोर्चा गठन गरी अगाडि बढ्ने कुरा पार्टीका पि.वि.एम आदर्शले सुल्झाए ।
उनले भने,’बैठकमा पार्टीको नयाँ नीति निर्माणका कुराहरु आएका छन् । हामी दाेस्राे आवधिक योजना पूरा गरे तेस्राे आवधिक योजनामा प्रवेश गरेका छौँ र आउने चुनाव २०८४ लाई तार्गेत गरेको छ । सडकबाट विद्रोह गर्दै गर्दा हिजो पार्टी भुमिगत अवस्थामा पनि गुज्रियो । हिजो प्रचण्डले सिक्लेसको बैठकबाट म एक पटक सरकारमा जान्छु र बालुवाटारको घेरा तोड्छु भनेर सल्लैसँग गए तर उता गएपछि निस्कनै सकेनन् ।’
उनले आगामी आउने दिनहरुमा विप्लवका नेताहरुलाई त्यो दिनमा एकपटक हेर्न चाहेको पनि प्रस्ट्याए । त्यसैगरी पार्टीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले आफ्नो मन्तव्यमा यो चुनावलाई संघर्षको रुपमा प्रयोग गर्ने र पुजीवाद र साम्राज्यवादको विरुद्ध लड्ने कुरालाई मुख्य विषय बनाउने कुरालाई जोड दिइन् ।
स्कुलिङ विभागका सदस्य सन्तोष सीले विश्वक्रान्तिको लागि पुजीवाद तयारी अवस्थामा रहेको र यो अवस्थामा नेकपाले के गर्ने भन्ने कुरामा तयारी गर्नुपर्ने भएको बताए । सोभियत संगठनको साम्राज्यवाद ढल्नुको कारण त्यहाँका समाजवादी थिए । भने, ‘उनले नेपालको राजनीतिमा दशकौँ लड्ने योद्धाहरु सडकमा छन् भने रवि जस्ताले सत्ता चलाएकाछन् । देश पूरै दलाल र ठगको हातमा गएको छ । नेपालको राजनीतिक सिद्धान्तमै त्रुटि हो भने एकीकृत जनक्रान्तिको विचारलाई जनताबीच लाने कार्य गर्नु पर्दछ । अहिलेको पुजीवादले नवउद्दारबादीको भारी बोकेर आएको छ । यो धेरै दिन टिक्दैन । हामी संकिर्ण हुनु गलत हो तर शंका गर्नु गलत होइन ।’

कार्यक्रममा जिल्लाका सम्पूर्ण जिल्ला सदस्यहरुको गौरवपूर्ण सहभागिता रह्यो । बैठकमा एक जना पाका उमेरका जिल्ला सदस्य परिवर्तन गाउँपालिका पाछावाङका गणेश सीले आफू बाचुन्जेल पार्टी सदस्यबाट बन्चित नहुने र आजिवन आफ्नो श्रमबाट कटौती गरी स्वच्छिक मासिक ५००।– (पाँचसय रुपैयाँ) दिने घोषणा गरेका छन् । उनले भने,’यो नेकपा पार्टीको लागि गौरवको कुरा हो । समय खराब चलिरहेको बेला र मानव दानव भइरहेको बेला यस्ता मान्छेहरु पनि अझै जीवित हुनुहुन्छ । अझै केही छ र हुन्छ भने रोल्पामै हुन्छ र रोल्पाबाटै हुनु पर्दछ ।’
बैठककाे संचालन केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा रोल्पा जिल्लाका सेक्रेटरी सन्दीप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।