३ आश्विन २०८१, बिहीबार

समाजवादकाे पक्षमा व्यापक जनमत सिर्जना गर्ने नेकपा माण्डवी गाउँकमिटीले

0

प्युठान: नेपाल कम्युनिस्ट पार्टी प्युठान माण्डवी गाउँ कमिटिकाे प्रथम पूर्ण बैठक समाजवादकाे पक्षमा व्यापक जनमत सिर्जना गर्दै स्थानीय सरकारकाे मनपरी, स्वच्छाचारिता, मिटर ब्याजि र लघु वित्तवित्तीय संस्थाकाे चर्काे ब्याजदरकाे विरुद्ध, पहिचान गर्दै जनकारबाही गर्नेसम्मकाे निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठान जिल्ला इन्चार्ज बुलेट सीले जनआधारित पार्टी निर्माण नै समाजवादकाे पहिलाे आधार भएको बताएका छन् ।
उनले नेपाल कम्युनिस्ट पार्टी माण्डवी गाउँ कमिटिकाे सम्पर्क कार्यालय जस्पुरमा शनिवार सम्पन्न प्रथम पूर्ण बैठकमा पालिका स्तरीय नेता कार्यकर्तालाई निर्देशन दिदै यस्ताे विचार व्यक्त गरेका हुन् । दलाल संसदिय व्यवस्था असफल भैसकेकाेले जनतामा निराशा, असन्तुष्टि र सचेत तथा बाैद्धिक समुदायमा विद्राेहकाे चेत पसिसकेकाे हुँदा सचेत पहल लिन जनतामै जानुपर्ने उनले बताए । पार्टी केन्द्रले ” पार्टीलाई आन्तरिक रुपले सुदृढ गराैं, समाजवादका लागि फराकिलाे माेर्चा निर्माण गराैं । ” भन्ने मूल नाराकासाथ ६ महिने अभियान वैशाख २५ गते नै उद्घाटन गरिसकेकाे छ, नेता बुलेट सीले भने ।
उनले अझ जाेड दिदै भने- “राष्ट्रघाति एमसीसी सम्झौता जनस्तरबाटै खारेज गर्न, लघुवित्त, मिटरब्याजि, चर्काे ब्याज असुल्ने सहकारी बैंकहरुलाई पिडितका गुनासाेकाे आधारमा पहिचान गर्दै जनकारबाहीमा जनतालाई व्यापक गाेलबन्द गर्दै मिसन ८४ समाजवादी माेर्चा र नेपाली विशेषताकाे समाजवाद निर्माणकाे वर्षकाे रुपमा स्थापित गर्न जनतामै जान निर्देशन दिए ।
बैठकमा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा माण्डवी गाउँ कमिटि इन्चार्ज मुस्कान सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी परिवर्तन सी, पूर्व जिल्ला सेक्रेटरीहरु अजय सी मुस्कान सी, युवा संगठन नेपाल केन्द्रीय सचिवालय सदस्य तथा प्युठानका इन्चार्ज रकेट सीलगायतकाे आतिथ्यता रहेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।