६ जेष्ठ २०८१, आईतवार

नेकपा पूर्वी प्युठानकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

0

प्युठान । नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठानकाे दाेस्राे पुर्ण बैठक पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ ।
नेकपा पश्चिम लुम्बिनी व्यूराे अन्तरगत पुर्वी प्युठानकाे दाेस्राे पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हाे ।
बैठकले समाजवादी माेर्चा नेपालकाे संरचना स्थानीय तह सम्म विस्तार गर्न पहल गर्ने, लघुवित्त वित्तीय संस्था, मिटर ब्याज र विभिन्न सहकारी संस्थाहरुकाे मनपरीका विरुद्ध सशक्त रुपमा संघर्ष गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेकाे छ ।
त्यस्तै बैठकले आगामी चैत ५ गते साँस्कृतिक प्रतिराेध दिवसको अवसर पारी प्युठान नगरपालिकामा “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि निर्णय गरेकाे छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्युठानका इन्चार्ज जागृति सीले यहि फागुन २२ गते सम्पन्न पश्चिम लुम्बिनी व्यूराेकाे पाँचौ पुर्ण बैठककाे भाव सम्प्रेषण तथा जिल्ला कमिटीलाई जनताकाे बिचमा पुगि वर्तमान दलाल संसदिय व्यवस्थाकाे विरुद्ध नेपाली विशेषताकाे समाजवाद स्थापनाकाे लागि व्यापक रुपमा अन्तरक्रिया गर्न निर्देशन दिए । बैठकमा नेकपा का केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पुर्व इन्चार्ज सुर्यप्रकाश सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार माेहन सी व्यूराे कार्यालयबाट प्रदिप सी लगायतकाे विशेष आतिथ्यता रहेकाे पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सीले जानकारी दिए । बैठक जिल्ला सेक्रेटरी मुस्कान सीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।