३ आश्विन २०८१, बिहीबार

नेकपा नवलपुरद्वारा छिपछिपे सहकारी ठगीको विरुद्ध भण्डाफोर

0

नवलपुर: नेपाल कम्युनिष्ट पार्टी नवलपुर जिल्ला समितिले ठगी गर्ने एक सहकारीको भण्डाफोर गरेको छ ।
जिल्लाको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको कार्यलयमा भण्डाफोर गर्दै सहकारीले जनतालाई गरेको ज्यादती र ठगीको विरुद्धमा सङ्घर्ष गरेको हो ।
गोपी शर्मा अध्यक्ष र योगेन्द्र पाण्डे व्यवस्थापक रहेको उक्त सहकारीले १६ करोड ठगी गरेको तथ्य बाहिरिएको थियो । २४०० सेयर सदस्य रहेको उक्त सहकारीले आम जनताको पसिनाको कमाई ठगी गरेको भन्दै उजुरी र मुद्दासमेत चलेको थियो । ३५ जनालाई सहकारीको पैसा अपचल गरेको भन्दै मुद्दा चलेको थियो भने सहकारी ठग गरेको कारण १० जना पुर्पक्षको लागी जेल चलान भएका छन् ।
छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपाका समानुपातिक सांसद गिता बस्नेतसहित २५ जना फरार रहेका छन् ।
सहकारीले सहकारी नीति विपरित १४० जना सहकारी सदस्य नभएकालाई विनाधितो लगानी गरेको कारण खराब कर्जाको दर उच्च रहेको र त्यसमा अध्यक्ष, व्यवस्थापकसहित सन्चालक समितिका सदस्यहरुको मिलिमतोमा सहकारी ठगी भएको आम सेयर सदस्य र बचतकर्ताको आरोप छ ।
सोही सन्दर्भमा सहकारी ठगी र त्यस गतिविधिमा संलग्न रहेकाहरुको भण्डाफोर गर्दै कार्यालयमा पुगी विरोध कार्यक्रम गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एव नवलपूर इन्चार्ज पदम सीको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेकपाका सेक्रेटरी सुमन सीले सहकारी ठगलाई राज्यले संरक्षण गरेको भन्दै सहकारीको नीतिप्रति राज्य कडाईपूर्वक लाग्नुपर्ने बताए । उनले छिपछिपे सहकारीको बचतकर्ताहरुको पैसा फिर्ता नगरे आफूहरुले सङ्घर्ष चर्काउने चेतावनी समेत दिएका थिए ।
नेकपा गण्डकी प्रदेशले प्रदेशव्यापी रुपमा संघर्षको कार्यक्रम बनाएको थियो। सोही अनुरुप नवलपूर जिल्लाले सहकारी ठगीविरुद्ध भण्डाफोर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।