३१ भाद्र २०८१, सोमबार

काठमाडौँमा खुद्रा व्यापार संघर्ष समिति गठन

0

 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बुद्ध पार्कमा खुद्रा व्यापारीहरुको भेलाबाट ६५ सदस्यीय खुद्रा व्यापार संघर्ष समिति गठन भएको छ ।

शुक्रबार दिपक दाहालको नेतृत्वमा ६५ सदस्यीय खुद्रा व्यापार संघर्ष समिति गठन भएको हो । आलु, रोटी तरकारी, व्यवसायी चिया बुद्धचित्त माला, कपडा व्यवसायी गार्मेन्ट व्यवसायीहरुलाई काठमाडौँ महानगरले विना विकल्प व्यापार गर्नबाट बन्चित गरेपछि उनीहरुको रोजीरोटी रक्षाका लागि संघर्ष समिति गठन गरिएको नेकपा महानगर इन्चार्ज डीआर सीले जानकारी दिए । जुन बौद्ध सर्कलभित्रका मात्र व्यापारी हुन् ।

भेलाका प्रमुख अतिथि समेत रहेका महानगर इन्चार्ज डीआर सीले दलाल संसदीय व्यवस्थाका कारण राष्ट्रिय उद्योगपति र आफ्नो रोजीरोटी टार्न सानो खर्चमा व्यवसाय गरिरहेका खुद्रा व्यवसायीहरु संकटमा परेको बताए ।
उनले भने, ‘नेपालमा जवसम्म यो दलाल संसदीय व्यवस्था रहन्छ तबसम्म आम जनता व्यापारी राष्ट्रिय पुजिपतीहरुले यस्ता संकटको सामना गरिराख्नु पर्छ यसको समाधानको एकमात्र विकल्प भने नेपाली विशेसताको समाजवाद हो ,जसले हरेकखाले शोषण उत्पीडनको अन्त्य गर्दै आम श्रमिकहरुको हित हुन्छ।’ उनले यदी नेपाललाई र नेपाली जनताहरुलाई दलाल पूजीवादको दवदबाबाट मुक्त गर्ने हो भने तपाइहरु जस्ता लाखौँ उत्पीडित जनताहरुको साथबिना सम्भव नहुने भन्दै व्यवसायीहरुलाई आन्दोलनमा साथ दिन आग्रह समेत गरे ।

उनले आफ्नो रोजीरोटी टारीरहेका व्यवसायीहरुलाई कि त राज्यले रोजगारी दिनुपर्ने होइन भने सहज रुपमा व्यवसाय गर्न दिनुपर्ने माग गरे।
भेलाको अध्यक्षता तथा संचालन नेकपाका जिल्ला समिति सदस्य सलाम सीले गरेका थिए भने भेलाबाट निर्वाचित सबै सदस्यहरुले आफ्नो परिचयसहित आफ्नोमात्र नभई सम्पूर्ण खुद्रा व्यापारीको पक्षमा निरन्तर लडिरहने प्रतिवद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।