२२ भाद्र २०८१, शनिबार

गोरखकाली टायर उद्योग पुन: संचालनको माग गर्दै नेकपा गोरखाद्वारा प्रदर्शन

0

 

गोरखा – गोरखकाली टायर उद्योग  पुन: संचालनको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी गोरखाले उद्योग अगाडि प्रदर्शन गरेको छ । सुक्रबार नेकपा गोरखाले गोरखकाली टायर उद्योग पुन: संचालनको माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उद्योग अगाडि प्रदर्शन गरेको हो ।

नेकपा गोरखाले विगत १० वर्ष देखि पुर्ण रुपमा बन्द उद्योग खोल्नुपर्ने माग राखेर प्रदर्शनसंगै गोरखाबाट निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी काजी सीको नेतृत्वको टोलीले गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसैगरि आजै नेपाल कम्युनिस्ट पार्टी गोरखाले गोरखकाली रबर उद्योगमा ब्यानर राखेर प्रदर्शन गरेको छ । रबर उद्योग अगाडि विभिन्न नारासहित भएको प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई प्रमुख नेतृत्वको रुपमा सेक्रेटरी काजी सीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै आफुहरु गोरखाली जनताको भावना र सिङ्गो नेपाली जनताको चाहनाको लागि आवश्यक परे रबर उद्योग सञ्चालनको लागि आमरण अनसन समेत बस्न सक्ने चेतावनी दिएका थिए ।

सबै बुद्धिजीवी, व्यवसायी, समाजसेवी , राजनीति पार्टीहरुसङ्ग नै अन्तरक्रिया गर्दै आफुहरु थप कदम चाल्ने नेता काजी सीको भनाई थियो ।
कोणसभाको सञ्चालन जिल्ला सदस्य प्रकाश सीले गरेका थिए भने कार्यक्रममा पार्टीका गोरखा नगरपालिका इन्चार्ज योगेन्द्र सी, समाजसेवी प्रताप भण्डारी लगाएतले पनि सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।