२२ भाद्र २०८१, शनिबार

सुकुम्बासीहरु बसिरहेको जग्गा क्याम्पसले आफ्नो नाममा गराउँनु ठुलो षड्यन्त्र हो : प्रकाण्ड सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले कैलाली टीकापुरका पिडित सुकुम्बासीहरुसँग भेटेका छन् ।
सुक्रबार बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री प्रचण्डसंग आफ्ना समस्या राख्न वातावरण मिलाइदिन भन्दै पुगेका सुकुम्बासीहरुलाई भेटेका हुन् ।
गत पुषमा सरकारले अस्थाई लालपुर्जा (निसा) वितरण गरेको थियो पछि अदालती प्रक्रियाले गर्दा त्यो रोकिएपछि पिडित ३० जनाको टोली एकहप्ता अघिदेखि काठमाडौँ आएका थिए।

एकहप्तासम्म पनि प्रधानमन्त्रीलाई भेटेर आफ्नो समस्या राख्न नपाएपछि त्यो वातावरण मिलाइदिन भन्दै बुद्धनगर पुगेका सुकुम्वासीहरु प्रवक्ताको प्रतिवद्धताले आशावादी भएर फर्केको नेकपाका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले जनाएका छन्।
कार्यालय पुगेर प्रवक्ता प्रकाण्डलाई सुकुम्बासीहरुले आफ्नो समस्या राखेका थिए। उनीहरुको मागमा आफ्नो र पार्टीको समर्थन रहेको बताउँदै प्रकाण्ड सीले जनता बसेको ठाउँलाई टिकापुर बहुमुखी क्याम्पसले आफ्नो नाममा गर्नु ठूलो सड्यन्त्र भएको बताए ।

उनले भने, ‘भुमि समस्या छिटोभन्दा छिटो समाधान गर्नु पर्छ । हामी सरकारलाई तपाईका कुरा सुनाउछौँ। स्थानिय सरकारले सुकुम्बासी जनता बसेका ठाउँमा विकाशका योजना नदिने भन्ने खवर सन्दा अच्चम्म लाग्यो । जनता नफट्नु होला मिलेर काम गर्नु होला हाम्रो पार्टी तपाईहरुको साथमा छ ।’

सरकार जनतासंग डराउएर यस्तो कदम चालेको बताउंदै उनले एकतावद्ध भएर अगाडि बढ्न आग्रह समेत गरे ।

उनले भने,’ सरकारले सुकुम्बासीको समस्या हल गरोस भन्ने हाम्रोपनि माग हो समस्या हल नभए तपाईहरुसंग आन्दोलनमा छौं । तपाईं सुकुम्वासीहरुले ल्याएको परिवर्तन हो तर अहिले राज्य जनतासंग मिलेर जान सकेको छैन यो बिडम्बना हो।’

केन्द्रिय कार्यालय बुद्धनगरमा प्रवक्ता प्रकाण्डलाई टीकापुरका सुकुम्बासीहरुसंग भेट गराउन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी समन्वय समितिका अध्यक्ष पुर्ण सीले नेतृत्व गरेर ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।