२३ भाद्र २०८१, आईतवार

अखिल (समाजवादी) चितवनको प्रथम बैठक सम्पन्न, असोज ११ गते जिल्ला सम्मेलन गर्ने निर्णय

0

अखिल (समाजवादी) चितवनको प्रथम पूर्ण बैठक महत्त्वपूर्ण निर्णयका साथ बिहीबार सम्पन्न भएको छ । बैठकले केन्द्रिय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ ।
बैठकबाट चितवनको सबै क्याम्पसहरुको इन्चार्ज तोक्दै चितवनमा नयाँ ढङ्गले सङ्गठनलाई अगाडि बढाउने निर्णय गरेको छ । यसैगरी असोज ११ गते चितवनमा हजारौं विद्यार्थीसहित जिल्ला सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।
लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने निर्णय समेत गरेको छ । सँगै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सीको प्रमुख आतिथ्यता, सेक्रेटरी रुद्र सीको विशेष अतिथ्यता र अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीको विशेष आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।