३ आश्विन २०८१, बिहीबार

अर्थमन्त्रीले जसरी पनि एमसीसी कार्यन्वयन गर्छु भन्नु देश हित विपरितको काम हो : विप्लव सी

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लवले अर्थमन्त्री वर्षमान पुन अनन्तले एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भन्दै अमेरिकालाई खुशी पार्न गरिरहेको प्रयास बाघलाई आफ्नो  शरीरको मासु काटेर खुशी पार्छु भन्नू जस्तै भएको बताएका छन् ।
बुधबार काठमाडौँमा भएको सुदुरपश्चिम काठमाडौँ उपत्यका जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

वर्तमान सरकारका अर्थमन्त्री पुनले जसरी पनि एमसीसी कार्यान्वयन गर्छु भनेर अमेरिकालाई रिझाउने र सरकारको आयु लम्ब्याउने सपना देख्नु देशको हित विपरितको काम भएको भन्दै महासचिव विप्लवले  नेकपा र माओवादीको एकता र सहकार्यको जारी प्रक्रियालाई भाड्ने उदेश्यले विदेशीहरुले माओवादीभित्रको एउटा समुहलाई पश्चिमा पक्षधर बनाउने प्रयास गरिरहेको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टीले माओवादी, वामपंथी र कम्युनिस्ट शक्तिसङ्ग  विचारको आधारमा एकता गर्ने, साझा मुद्दामा सहकार्य गर्ने र  कम्युनिस्ट शक्तिहरुबीच आपसी दूरी घटाउने नीति लिएको बेला यस्तो नीतिले देशको अर्थराजनीतिक संकटको निकास दिन र भू-राजनीतिक चुनौती सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मानिसहरूले आशा गरेका छन् ।माओवादीले एमसीसी कार्यान्वयन गरेरै छाड्छु भन्ने कुराले एकातिर उनीहरु देशभक्त जनताबाट थप कट्दै जानेछन् भने अर्कोतिर यस्तो नीतिले विदेशी शक्ति केन्द्रको पासोमा उम्किनै नसक्ने गरि फस्दै जाने खतरा रहेको महासचिव विप्लवको विश्लेषण छ ।

नेपालको कम्युनिस्ट आन्दोलनको विकासमा परम्परागत प्रवृत्तिले डिस्टर्व गरेकोले यसलाई समकालीन परिस्थिति अनुसार विकासको खाँचो रहेको चर्चा गर्दै महासचिव विप्लवले एकातिर एमाले स्कुल र अर्कोतिर किरण, मोहनविक्रमहरुको स्कुल जस्ता दुई समस्याबाट अगाडि नबढिकन नेपाली विशेषताको समाजवाद निर्माण हुन नसक्ने विचार समेत व्यक्त गरेका छन् ।

सरकारले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट कसैले पनि स्वामित्व नलिएकोले यसको कार्यान्वयन नहुने र बजेटले देशको आवश्यकता र प्रवाहलाई समेट्न नसकेको समेत विप्लवको टिप्पणी छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।