२ कार्तिक २०८१, शुक्रबार

नेकपा गण्डकी प्रदेशले दियो उत्पादन र श्रम अभियानलाई तीव्रता

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले आफ्नो उत्पादन र श्रमको अभियानलाई तीव्रता दिएको छ । आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर अर्थतन्त्रको पार्टी नीति अनुसार कार्यालयको टीम नियमित रुपमा श्रममा जोडिदै आफ्नो उत्पादन र श्रमको अभियानलाई तीव्रता दिएको नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव विकिरण सीले बताएका हुन् ।

सिजनल तरकारी र फलफुल उत्पादन गर्नको लागि नियमित कार्यलयको टिम र विभिन्न जिल्लाका नेता कर्याकर्ता र जनवर्गीय संगठनका नेताहरु पनि समय मिलाएर श्रम कार्यमा जोडिरहेको उत्पादन विभाग प्रमुख उषा सीले बताइन् ।

त्यसैगरी बिहीबार मात्र पार्टीकी स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज शिलु सी गोरखा जिल्ला सेक्रेटरी काजी सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य विजय सी,प्रदेश अन्तर्गतका विद्यार्थी र मजदुरका नेताहरु लगाएतको उपस्थितिमा श्रमगरि खाल्डो खन्ने, ड्याङ बनाउने कार्य सम्पन्न भएको कृषी व्यवसायी तथा पार्टी सदस्य जीत सीले बताए ।

जित सीका अनुसार बेली प्रजातिको काक्रा करिब डेढ रोपनीमा रोपिएको छ । पार्टी कार्यलय र उत्पादनलाई एउटै स्थानबाट सञ्चान गर्ने तयारी नेकपा गण्डकी प्रदेशको रहेको छ । असार पन्ध्रपछि जेठो बूढो धान रोप्ने तयारीमा नेकपा गण्डकी प्रदेश छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।