३ आश्विन २०८१, बिहीबार

नेकपा महासचिव विप्लव पत्रकार पाण्डेलाई भेट्न शिक्षण अस्पतालमा

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी पत्रकार सुदर्शनराज पाण्डेलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको आइसियुमा भर्ना गरिएका पाण्डेलाई भेट्न नेकपा महासचिव विप्लव शुक्रबार शिक्षण अस्पताल पुगि उनको स्वास्थ स्थितिको जानकारी लिएका छन् ।

बाराको सिमरामा बस्दै आएका पाण्डे भाद्र १३ गते आकस्मिक बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  झन्डै ४० बर्षदेखि पत्रकारिता गरिरहेका पत्रकार पाण्डे उत्थान साप्ताहिक पत्रिकाका सम्पादक हुन् । जनयुद्धको क्रममा उनको छोरा सिजनराज पाण्डे (प्रभात) सहिद भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।