३० आश्विन २०८१, बुधबार

सल्यान काठमाडौँ समाजवादी मञ्चको अध्यक्षमा भीम भारती

0

काठमाडौँ/ सल्यान काठमाडौँ समाजवादी मञ्चको अध्यक्षमा भीम भारती चयन भएका छन् ।शनिबार काठमाडौँमा सम्पन्न  मञ्चको प्रथम भेलाले अध्यक्षमा भारतीसहित २५ सदस्यीय समिति चयन गरेको हो ।

समाजवादी मञ्चको भेलाले उपाध्यक्षमा मोहन पुरुष, सचिव  खिम नाथ योगी, सहसचिव नेप बहादुर शाही, कोषाध्यक्ष मोहन विक चयन गरेको छ ।

त्यस्तै भेलाले  सदस्यहरुमा पि. एन. साइला, महेन्द्र तिवारी, देविलाल बस्नेत, खुमराज केसी, कालीदास स्वर्णकार, लोकेन्द्र विश्वकर्मा, वीरेन्द्र विश्वकर्मा, जिवन विश्वकर्मा , निर्मल विश्वकर्मा ,एन्जल वली,  मधु थापा, विनोद थापा, समर्पण वली,  निकेश देवकोटा, लक्ष्मी चौधरी,  देवी परियार, बसन्त परियार, दिपा वली  र एक जना पछि चयन गर्ने निर्णय गरेको छ भने योगेश बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् वरिष्ठ साँस्कृतिककर्मी मोहलाल चन्द (आधार) सीको अध्यक्षता र नेकपा स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशील सीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी, लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।