३० आश्विन २०८१, बुधबार

समाजवादी थारु मोर्चाको भेला सम्पन्न, जनयुद्ध बचाउन थारुहरुको महत्त्वपूर्ण भूमिका : विप्लव

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धलाई बचाउन थारु समुदायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।शनिबार कपिलवस्तुमा आयोजित समाजवादी थारु मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

उक्त राष्ट्रिय भेलालाई सम्बोधनको क्रममा महासचिव विप्लव सीले  जनयुद्ध कालको भुमिगत अवस्थामा जनयुद्धलाई बचाउन चौधरी समुदायहरुको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै क्रान्तिको आधारभूत शक्ति थारु समुदाय भएको र उनीहरुको इमान्दारीता र सोझोपनको फाइदा सामन्तहरुले लिएर उत्पीडन गरेको बताए ।

मन्तव्यको क्रममा उनले सबै उत्पीडित समुदाय  मिलेर समाजवादी मुक्ति मोर्चा निर्माण गर्दै नेपाली विशेषताको समाजवाद स्थापनाको दिशामा अघि बढ्ने बेला आएको बताए।

अहिले नेपालमा दलाल पुँजीवादी वयवस्थाका कारण घुसखोरी र भष्टाचार  मौलाइरहेको  भन्दै विप्लवले समाजवादी क्रान्तिमार्फत अहिलेका समस्या समाधान हुने बताए ।

उक्त राष्ट्रिय भेलाले नाथु थारुको अध्यक्षतामा २५ सदस्यीय  कमिटी निर्माण गरेको छ । उपाध्यक्षमा धनबहादुर थारु, महासचिव,सिताराम थारु, सचीव गणेश थारु, कोषाध्यक्ष कामना थारु, सदस्यहरुमा  राजाराम राना थारु, हिक्मत चौधरी ,ओमी राना थारु,  सीताराम थारु, अर्जुन थारु, शेरा थारु ,कामना थारु, टक बहादुर थारु, अशोक थारु, आस्मा थारु, चुल्हवा थारु,, तुल्सिराम थारु, अशोक थारु,-गणेश थारु, छेदी थारु, रानु थारु, नाथु थारु, जसवन्त थारु, चन्दन थारु, हरिकला थारु, धन बहादुर मर्दानिया थारु केन्द्रिय समितिमा चयन भएका छन् ।

कार्यक्रममा विशेष अतिथि नेकपा स्थायी कमिटी सदस्य सन्तोष सी, अतिथिहरुमा पिबिएम बिजय सी, पिबिएम विनोद सी, केन्द्रिय सदस्य सुशिल सी,  संगम सी, सी गार्मेन्ट इन्चार्ज संगम सी, केन्द्रिय सदस्य हेमन्त सी, युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सी लगायतको सहभागिता रहेको थियो ।

सुनिल सीको अध्यक्षतामा भएको सो कार्यक्रम मर्धनिय सीको स्वागत भाषणसहित समाजवादी थारु मोर्चा नेपालका महासचिव नविन सीले सञ्चालन गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।