३० आश्विन २०८१, बुधबार

समाजवादका लागि सामना साँस्कृतिक अभियान-२०८१ मकवानपुरमा सम्पन्न

0

हेटौंडा । समाजवादका निम्ति एकताभास सन्देश दिँदै सामना साँस्कृतिक कार्यक्रम मकवानपुरमा सम्पन्न भएको छ । झरी पानीकै बाबजुद पनि जनवादी गीत संगीतलाई माया र सम्मान गर्ने प्रगतिशील कम्युनिस्ट नेताकार्यकर्ता र आम दर्शकहरुको उपस्थितिमा कार्यक्रम भएको हो । 

रोयल पार्टी प्यालेस हेटौंडामा भएको कार्यक्रममा सयौं दर्शकको उपस्थिति रहेको छ । सामना परिवारद्वारा संरचालित “सामना सांस्कृतिक अभियान २०८१” अन्तर्गत मकवानपुरमा पहिलो कार्यक्रम भएको हो । समाजवादलक्षित सामना सांस्कृतिक प्रस्तुति कार्यक्रमले उपस्थित सबै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै कम्युनिस्ट एकताको आभास दिलाएको छ । क्रान्तिको रणमैदानबाट एक ढिक्का भएर जीत हासिल गर्दै नेपालमा उदाएका कम्युनिस्ट घटकहरुको टुटफुट र विभाजन देश र जनताको लागि घातक भएकोले अब फेरि एक भएर अर्को क्रान्तिको थालनी गर्नुपर्छ भन्ने भाव कार्यक्रमले दिएको छ । 

वरिष्ठ जनवादी कलाकार मणि थापा, माइला लामा, सुशील सिंह ठकुरी, आरोह नेपाली, रमण थामीसहितको कलाकारद्वारा प्रस्तुत गरिएका अपेरा, गीत, नाटक र नृत्यले दर्शकको मन छोएको छ । हिजो क्रान्तिको रणमैदानमा सँगै हिंडेका सहयात्रीहरु र यात्रामै सहादत प्राप्त गरेका वीर सहिदहरुको सम्झनाले सबैलाई गम्भीर बनाएको छ । प्रस्तुति हेर्दाहेर्दै जनयुद्धको पृष्ठभुमिबाट आएका कुमारी मोक्तान, ललित घलान, वीर बहादुर घलान (ज्वाला), राम सी वाटर, मिङमार सी, सुर्य सी, डोल्मा गोले लगायतको आँखा रसाउनुका साथै भावुक भएका छन् । 

कार्यक्रमले तत्कालिन माओवादी तथा कम्युनिस्ट एक भएर समाजवाद स्थापना गर्नुपर्छ भन्ने सन्देश दिएको छ । भारी वर्षाको कारण कार्यक्रममा केही असर परेतापनि कम्युनिस्ट आन्दोलनलाई नजिकबाट नियालेका प्रगतिशील विचारबाट निर्दिष्ट  मकवानपुरका सबै व्यक्तित्वको उपस्थिति रहेको छ । अन्त्यमा सबैजना गीत गाउँदै नाच्दै खुसी साटासाट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।