३० आश्विन २०८१, बुधबार

सबै नेता कार्यकर्ताहरुलाई बाढी/पहिरो पीडितको उद्धारमा खटिन विप्लवकाे निर्देशन

0

काठमाडौँ/ तीन दिनदेखि लगातार देशैभर परिरहेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दु:ख व्यक्त गरेका छन् । महासचिव विप्लवले शनिबार एक वक्तव्य जारी गर्दै अविरल वर्षाका कारण चाडपर्वको मुखमा देशव्यापी बाढी, पहिरो, कटान र डुबानले भएको ठूलो धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका हुन् ।

महासचिव विप्लवले बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली एवम् शोकमा परेका परिवाजनप्रति समवेदना व्यक्त गर्दै आफ्ना देशैभरका नेता कार्यकर्ताहरुलाई पीडितहरुको राहत तथा उद्धारमा खटिन विज्ञप्तिमार्फत निर्देशन दिएका छन् ।

साथै प्रकोप पीडितहरुको सहयोगार्थ राहत र उद्धारको प्याकेज तत्काल घोषणा गर्न सरकारसंग जोडदार माग समेत गरेका छन् ।
यस्तो छ महासचिव विप्लवद्वारा जारी वक्तव्यको पूर्ण पाठ-

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।